नेपाली सेनाको आशक्तिः घरजग्गादेखि मिनिरल वाटरको ब्यापारसम्म ! हिमाल भन्छ- सेनालाई व्यवसायी नबनाऊ
२७ चैत । ‘नाफामूलक व्यवसाय र आर्थिक गतिविधिमा बढ्दो आशक्तिले राष्ट्रिय सेनाको छवि धुमिल पार्दैछ ।’
यो भनाइ हो आइतबार प्रकाशित साप्ताहिक हिमाल खबरपत्रिकाको । व्यवसायिक हुनुपर्ने नेपाली सेना व्यवसायी हुँदै गएको हिमालले कभर स्टोरी प्रकाशित गरेको छ ।
पत्रकार रामेश्वर बोहराको बाइलाइनमा छापिएको आवरण स्टोरीमा भनिएको छ-‘ राष्ट्रिय सुरक्षाको मूलभूत जिम्मेवारीसँग मेल नखाने आर्थिक र व्यापारिक रुचीले नेपाली सेनाको ओज घटाउँदैछ ।
हिमालखबरले सेनाको व्यवसायबारे आवरण कथामात्रै लेखेको छैन, सम्पादकीय नै लेखेर भनेको छ- सेनालाई व्यवसायी नबनाऊ ।
नेपाली सेनाले पेट्रोलपम्प, मेडिकल कलेज, सडक निर्माण ठेक्का र अस्पताल सञ्चालन जस्ता आर्थिक गतिविधिमा आशक्ति देखाएर गलत परम्परा बसाएको हिमालको टिप्पणी छ ।
साथै जंगी अड्डामा पार्टी भेन्यु सञ्चालन गर्नुलाई पनि नेपाली सेनाको आर्थिक आशक्तिका रुपमा टिप्पणी गरिएको छ ।
नेपाली सेनाले जलविद्युत, बैंक, पोलिटेक्निक कलेज, मिनरल वाटर उद्योग र घरजग्गा कारेाबारमा समेत आशक्ति देखाएको हिमालखबरमा रिपोर्ट प्रकाशित छ ।
२०७३ चैत २७ गते ९:२३ मा प्रकाशित अनलाइनखबर
Comments
Post a Comment