आकांक्षी बढी भएपछि लमजुङमा ठुला दललाई उमेद्वार छान्न सकस, केही दल दर्ता मात्रै चहलपहल सून्य
लमजुङ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लाका ठूला राजनीतिक दललाई उम्मेदवार छनोट गर्न गाह्रो भएको छ । धेरै जनाको आकांक्षा देखिएपछि ठूला दललाई उम्मेदवार चयन गर्न हम्मेहम्मे परेको हो ।
उम्मेदवार छनोट गर्न नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रका नेताहरू गाउँमा पुगेपछि सक्रिय कार्यक्रताको हानथाप चलेको छ । पार्टीहरूले अहिलेसम्म वडामा समेत उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । धेरै जनाको आकांक्षाले गर्दा वडादेखि नगरपालीका र गाउँपालिकासम्मका उम्मेदवार छनोट गर्न गाह्रो भएको नेपाली काँग्रेसका सभापति भेषबहादुर पौडेलले बताउनुभयो । समाचार दैनिक पाटी ४ बैशाख २०७४, सोमबार ०६:५८
वडास्तरकै अध्यक्ष पदमा दर्जनौले उम्मेदवार हुने चाहना राखेको पौडेलको भनाई छ । पौडेलले ७५ वडामध्ये आधाजसो वडामा उमेद्वारको टुङ्गो लागिसकेको बताउनुभयो । नगरपालीका र गाउँपालीका प्रमुखमा भने आकांक्षी धेरै देखिएका छन । काँग्रेसमा सबैभन्दा बढी मध्यनेपाल नगरपालीकामा १९ जना, सुन्दरबजारमा १३, राइनास नगरपालीकामा ११ बेसीशहरमा ८ जना मेयरको आकंक्षी देखिएका छन ।
यस्तै क्व्होलासोथर गाउँपालीकामा ३, मस्र्याङ्दीमा ३, दोर्दीमा ३, दुधपोखरीमा ३ जनाले प्रमुख पदका लागि आन्तरिक उमेद्वारी दिएका छन । उपमेयर र उपप्रमुख पदमा पनि धेरैको आकंक्षी देखिएको काँग्रेस क्षेत्र नं. २ का सभापति वृषराज गुरुङले बताउनुभयो । उहाँका अनुसार बैशाख ७ गतेसम्म सबै पदमा उमेद्वारको टुङ्गो लाग्नेछ ।
यस्तै नेकपा (एमाले) भित्रपनि मेयर तथा प्रमुख पदका लागि धेरैजना आकंक्षी देखिएपछि उमेद्वार टुङ्गो लगाउन समस्या भएको छ । एमालेमा बेसीशहर नगरपालीकामा ५, सुन्दरबजारमा ६, मध्यनेपालमा ४, राइनासमा ३, मस्र्याङ्दी गाउँपालीकामा चार, दोर्दीमा चार, दुधपोखरीमा पाँच, क्व्लोलासोँथरमा तीन जनाभन्दा बढी आकंक्षी देखिएका छन । एमाले जिल्ला अध्यक्ष धनञ्जय दवाडीले बैशाख ५ गतेसम्म सबै वडा, नगरपालीका र गाउँपालिकाका उमेद्वारका आकंक्षीको नाम पार्टी कार्यालयमा पेश गर्न समय दिइएको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) मा पनि आकंक्षी बढी देखिएपछि पार्टीले उमेद्वारको टुङ्गो लगाउन सकेको छैन । जिल्ला संयोजक मधु अधिकारीले सबै नगरपालीका र गाउँपालीकाबाट प्रस्तावित नामहरु सिफारिस भएर आएपनि टुङ्गो लगाउन नसकिएको बताउनुभयो । उहाँले बैशाख ५ गतेसम्म उमेद्वारको टुङ्गो लाग्ने बताउनुभयो ।
आकांक्षी धेरै भएपछि ठूला दललाई उमेद्वार छान्न सकस भएपनि साना दलहरु भने उमेद्वार छनौट गर्न गाउँ पसेका छन । राप्रपा, नयाँ शक्ति नेपाललगायतका दलपनि गाउँ गाउँ पुगेर उमेद्वार छान्दैछन ।
जिल्लामा ११ दल दर्तामा रहेका छन । जिल्लामा केही प्रभाव रहेको संघीय समाजवादी फोरम नेपाल आन्दोलनमा रहेपनि आन्तरिक तयारीमा जुटेको छ । दर्ता भएका मध्ये मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेकपा (माले जनसमाजवादी), राष्ट्रिय शिवसेना पार्टी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रीन अर्गनाइजेशन, देशभक्त समाज पार्टीहरु चहलपहलमा देखिएका छैनन ।
Comments
Post a Comment