अष्ट्रेलियामा पहिलो पटक नेपाली फिल्म फेष्टिभल हुदै

अष्ट्रेलियामा पहिलो पटक नेपाली फिल्म फेष्टिभल हुदै पछिल्लो समय नेपाली चलचित्रको दोस्रो बजारका रुपमा अष्ट्रेलियालाई लिने गरिएको छ । नेपालमा सुस्ताएको चलचित्रको ब्यापारलाई पनि यहाँ हुने शोले निर्मातालाई स्वास फेर्न सहयोग गर्ने गरेको छ ।अष्ट्रेलिया छायाँकन तथा प्रदर्शनका लागि अहिले निर्माता तथा बितरकहरुको ओभरसिज बिजनेश मध्येको पहिलो सुचिमा पर्ने गरेको छ । तर,निरन्तर रुपमा अझै पनि नेपाली चलचित्रको शो भने हुन सकिरहेको छैन । अष्ट्रेलियामा पनि सिड्नी र मेल्बोर्न नेपाली चलचित्रका लागि बढी सक्रिय देखिएका छन् । नेपाली चलचित्रको प्रबर्द्दनका पक्षमा यहाँ बिभिन्न कार्यक्रम हुने गरेका छन् । यसै क्रममा करिब दुई सय भन्दा बढी भाषाभाषीको उपस्थित रहेको सिड्नीमा पहिलो पटक फिल्म फेष्टिभल हुने भएको छ । सोमबार साँझ सिड्नीको मेरील्यान्डमा आयोजक टु टेबल्सले औपचारिक रुपमा फिल्म फेष्टिभलको घोषणा गरेको हो । फेष्टिभल नोभेम्बर ३-५ मा हुने र फेष्टिभलमा सहभागीता जनाउनका लागि आउदो साता देखी फाराम खुल्ला गरिने आयोजकले जानकारी गराएको छ । उक्त कार्यक्रममा अभिनेत्री केकी अधिकारी,निर्देशक-निर्माता तथा बितरक प्रचण्डमान श्रेष्ठ,निर्माता दिनेश पोख्रेल,निर्माता तथा निर्देशक अपिल बिष्ट लगायतका चलचित्रकर्मीको समेत सहभागीता थियो । filmybazar 2017/04/11

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन