एमालेको प्रश्नः आक्रमण भयो भन्दा प्रधानमन्त्री मुसुक्क हाँसेर बस्न मिल्छ ? सभामुखको रुलिङले टर्‍यो एमालेको संसद अवरोध

२९ चैत, प्रमुख विपक्षी दल एमालेले आफ्ना नेता कार्यकर्ताको घरमा आक्रमण भएको भन्दै सरकारको जवाफ मागेको छ । संसदको मंगलबारको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै सांसद रविन्द्र अधिकारीले मधेसी मोर्चाको नाममा सत्यनारायण मण्डलको घरमा आक्रमण भएको बताए । ‘मधेसमा हिडडुल गर्न, एमालेको नाममा बोल्न, सभा गर्न, घरमा बस्न नपाइने ?’ यसअघि भएका यस्ता घटना भएको तर, दोषीलाई कारबाही नभएको भन्दै उनले भने, ‘यो कस्तो प्रजातन्त्र हो ? यो कस्तो शान्ति सुव्यवस्था हो ?’ मधेसमा एमालेले सभा गर्न थाल्यो, त्यसकारण आक्रमण भयो भन्दा प्रधानमन्त्री, गृहमन्त्री मुसुक्क हाँस्ने गरेको भन्दै उनले अघि भने, मधेसमा आफ्नै घरमा बस्दा आक्रमण भयो भन्दा पनि मुसुक्क हास्ने हो भने मुलुकको शान्ति सुव्यवस्था के होला ? यस्तो शान्ति सुव्यवस्थाले निर्वाचन सुनिश्चित नगर्ने र मुलुकमा कोही नागरिक पनि सुरक्षित नभएको सन्देश दिने उनले बताए । सरकार गैरजिम्मेवार भएको भन्दै उनले देशका विभिन्न स्थानमा भएको घटनाबारे जवाफ माग गरे । सरकारलाई जवाफ नदिएसम्म सदन चल्न नसक्ने भन्दै एमाले सांसदहरु आ-आफ्नो ठाउँमा उभिएका थिए । तर, सभामुखले यसबारे जवाफ दिन सरकारलाई रुलिङ गरेपछि एमाले सांसदहरु बसे र सदन अघि बढ्यो । अनलाइनखबर२०७३ चैत २९ गते १४:३३ मा प्रकाशित

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन