‘मैंरिमो’को प्रिमियर न्युयोर्कमा हुने
‘मैंरिमो’को प्रिमियर न्युयोर्कमा हुने
चैत्र २७, २०७३- गुरुङ भाषा एवम् संस्कृतिमा आधारित चलचित्र ‘मैंरिमो’को प्रिमियर शो न्युयोर्कमा हुने भएको छ । शुक्रबार यहाँ एक पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र टिमले आगामी मे ६ तारिखमा स्थानीय गुल्सन टेरेस (ढाका क्लब)मा चलचित्रको प्रथम प्रर्दशन हुने जानकारी गराएको हो । गुरुङ भाषाको शब्दावली ‘मैंरिमो’ को अर्थ हो तिमीलाई सम्झिरहेको छु । ‘गुरुङ संस्कृति र भाषालाई जिवन्त राख्नु, चलचित्रको मुख्य ध्येय हो’ नायक एवम् निर्माता प्रेम गुरुङले भने, ‘चलचित्र मूलत: वैदेशिक रोजगारीमा आईपर्ने कठिनाईमाझ घटेको वियोगान्त कथा र त्यसको परिवारमा पर्ने प्रभावबारे केन्द्रित छ ।’
मुनाल फिल्मको प्रस्तुति रहेको चलचित्रको निर्देशन भोजबहादुर गुरुङले गरेका छन् भने चलचित्रको मुख्य भूमिकामा नायिका सपना गुरुङलाई प्रस्तुत गरिएको छ । दुई घण्टा लामो चलचित्रको नायकको रुपमा गमन घलेले अभिनय गरेका छन् भने नवनायिकाको रुपमा सोनु गुरुङलाई प्रस्तुत गरिएको छ । दुई गीतमध्ये ‘ए ङोल्स्यो...ए ङोल्स्यो...’ बोलको गीत गुरुङ समुदायमाझ निकै चर्चित बनिसकेको छ ।
चलचित्रको सम्पूर्ण छायाङ्कन लमजुङको सैलुङमा गरिएको छ । न्युयोर्कपछि हङकङ र बेलायतमा चलचित्र प्रर्दशन हुने कार्यक्रम तय भइसकेको र नेपालमा पनि चाँडै नै प्रर्दशन गरिने नायक गुरुङले बताए । हालसम्म नेपालमा गुरुङ भाषाका ८५ वटा चलचित्र निर्माण भइसकेका छन् ।
पत्रकार एवं गीतकार आश गुरुङद्वारा रचित उक्त चलचित्रमा समेटिएको चर्चित ‘ए ङोल्स्यो...ए ङोल्स्यो...’ (ए सोल्टिनी...ए सोल्टिनी...) गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् । https://www.youtube.com/watch?v=VbkLaB-UjUs
http://bit.ly/2ocgM0r
Comments
Post a Comment