सरकारले फिर्ता लियो संशोधन विधेयक
सरकारले फिर्ता लियो संशोधन विधेयक
२९ चैत । सरकारले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विधेयक फिर्ता लिएको छ ।
व्यवस्थापिका संसदको मंगलबारको बैठकमा कानुनमन्त्री अजयशंकर नायकले विधेयक फिर्ताको प्रस्ताव गरेका थिए, जसलाई बहुमतले स्वीकृत गरेको छ । प्रमुख विपक्षी एमाले भने मौन बसेको थियो ।
सीमांकनमा प्रमुख विपक्षी दल एमालेको आपत्ति रहेको भन्दै कानुनमन्त्री नायकले संशोधन फिर्ताको प्रस्ताव गरे । उनले अब मुलुकलाई निकास दिन एमाले पनि अगाडि आउनु पर्ने र मधेसी मोर्चा पनि लचिलो हुनु पर्ने बताए ।
सरकारले आजै अर्को संविधान संशोधन विधेयक दर्ताको तयारी गरेको छ ।
अनलाइनखबर२०७३ चैत २९ गते १४:२० मा प्रकाशित
Comments
Post a Comment