युथ कप द न्यू वर्ल्ड कप खेल्दै नेपाली मूलका ११ वर्षीय पासाङ
युथ कप द न्यू वर्ल्ड कप खेल्दै नेपाली मूलका ११ वर्षीय पासाङ
२७ चैत, अमेरिका । क्यानडामा बसोबास गर्दै आइरहेका नेपाली मूलका पासाङ नामग्याल शेर्पा अन्डर सेभेन्टीको अलग्रेभ युथ कप द न्यू वर्ल्ड कपमा खेल्ने भएका छन् । क्यानडाको रोबर्ट क्यानडा सकर एकेडेमीबाट उनले कपमा भाग लिन लागेका हुन् ।
पासाङ क्यानडाको क्लबबाट प्रतिनिधित्व गर्दै अलग्रेभ युथ कप द न्यू वर्ल्ड कपमा भाग लिने नेपाली मूलका पहिलो खेलाडी हुन् ।
उनी उक्त खेलमा सहभागी हुन अप्रिल ८ मा पोर्चुगल उडेका छन् ।
पासाङका बाबु मिगंमार नोर्गे शेर्पा नेपालबाट सन् १९९२ मा क्यानडा आएका थिए । सन् १९९७ मा अमेरिका गएका उनी २००९ देखि क्यानडामा परिवारसहित बस्दै आइरहेका छन् ।
विश्वका १७ वर्षमुनिका ३ हजार २ सय खेलाडीहरुको सहभागिता रहने वर्ल्ड कपमा पाँच वटा महादेशका २ सयवटा समूहले भाग लिनेछन् । मिड फिल्ड (मध्य पंक्ति तथा स्ट्राईकर (प्रहारक) भएर खेल्ने पासाङको खेलले उचाई चुम्ने सम्भावना छ ।
२०७३ चैत २७ गते ९:२० मा प्रकाशित
Comments
Post a Comment