तालदृश्य हरित समाजद्वारा सडक सरसफाईका लागि बाल्टिन वितरण

तालदृश्य हरित समाजद्वारा सडक सरसफाईका लागि बाल्टिन वितरण लमजुङ । बेसीशहर नगरपालिका–२ स्थित तालफाँट–भकुण्डेमा रहेको तालदृश्य हरित समाजले सडक तथा टोलको सरसफाईका लागि ६ वटा वाल्टिन वितरण गरेको छ । समाजले भकुण्डेमा आईतबार एक कार्यक्रमको आयोजनागरी बेसीशहर–२ स्थित चालिसे–भकुण्डे क्षेत्रमा स्थानीय चोकहरुमा राख्नेगरी बाल्टिन वितरण गरेको हो । बेसीशहर नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र क्लबका अध्यक्ष गुमानसिं कंडेलले स्थानीयबासीलाई बाल्टिन वितरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत पौडेलले राज्य आफैले गर्नुपर्ने काम क्लबको अगुवाईमा भएकोमा धन्यवादसहित आगामी दिनमा सरसफाई र सचेतनाको क्षेत्रमा हातेमालो गरेर अघि बढ्ने बताउनु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका स्थानीय सभापति गणेश बहादुर कंडेल, नेकपा एमालेका उपाध्यक्ष भू.पू. क्याप्टेन विष्णुबहादुर कंडेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष कृष्ण के.सी, बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत सन्तोष दनाई, नेपाल सामुदायीक उच्च माध्यमिक विद्यालय शिक्षक युनियन लमजुङका अध्यक्ष अमृत सुवेदी, मनकामना आवासिय माविका व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द खड्का, प्रिन्सिपल सम्मर खड्का, पूर्व वडा अध्यक्षहरु घननाथ बराल, विलबहादुर कंडेल , अन्नपूर्ण यूवा क्वलका अध्यक्ष दिपक खड्का लगायत स्थानीयबासीलको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण क्लबका सचिव पूर्ण देउजाले गर्नु भएको थियो । स्थानीय युवाहरुको सक्रियतामा गठन भएको तालदृश्य हरित समाजले आफ्नो घर, टोल र समाजलाई स्वच्छ र सफा बनाई स्वस्थ्य बनौं भन्ने नाराका साथ सडक, टोल र घरघरमा भएका फोहर संकलन गरी व्यवस्थापन कार्यलाई अघि बढाउँदै आएको छ । क्लबले दशै–तिहारका अवसरमा भैलो खेली रकम संकलनगरी उक्त रकमबाट बाल्टिन किनेको हो । संस्थाको अध्यक्षमा गुमानसिं कँडेल, उपाध्यक्षमा शम्भु देउजा क्षेत्री, सचिवमा पूर्णबहादुर देउजा, सह–सचिवमा रामबहादुर धिताल र कोषाध्यक्षमा सपना धिताल रहनु भएको छ । त्यसैगरी संस्थाको सदस्यहरुमा कल्पना परियार, सरिता धिताल, मंगलसिं गुरुङ, निर्मला राना, तीर्थबहादुर कँडेल, कृष्णबहादुर धिताल, कृष्ण गोपाल कँडेल र अमृत विक रहनु भएको छ । समाजको सल्लाहकारमा राजेन्द्र बोहरा, कृष्ण के.सी, विष्णुबहादुर कंडेल, गणेश कंडेल, र मिनसुब्बा गुरुङ रहनु भएको छ दैनिक पाटी २८ चैत्र २०७३, सोमबार ०६:४६

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन