राईनास सेवा समाजको आयोजनामा स्थानीय तहको निर्वाचन-२०७४को पुर्व सन्ध्यामा राईनास नगरपालिकाको भावीअध्यक्ष (मेयर ), उपाध्यक्ष (उप-मेयर) एवं अन्य पदका उमेदवारहरु एवं सहभागी राजनीतिक दलले सम्बृद्द राईनास निर्माणका निम्ति तय गर्नु पर्ने प्राथमिकताबारे "राईनासमा विकासको सम्भावना एवं चुनौतीहरु" विषयक वृहत् छलफल कार्यक्रम आयोजना गरिएकोले सबै राजनीतिक दलहरु, स्थानीय संघसंस्थाहरु , नगरवासी एवं सुभचिन्तकहरुलाई निम्न मिति ,स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ । मिति : २०७४वैशाख २७ गते स्थान : राईनास न.पा केन्द्र (तिनपिप्ले ) लमजुङ समय: विहान ११ बजे।
फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली ६ चैत, । वैदेशिक राजगारीमा जाने युवाका लागि फ्री भिसा र टिकट लागू भएको २० महिना अवधिमा ६ लाखभन्दा बढी युवा मलेसिया र खाडी मुलक पुगेका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म पाँच लाख ४२ हजार दुई सय २४ जना युवा कामकै लागि म्यानपावर कम्पनीमार्फत मलेसिया, साउदी अरब, दुबई, कतार, ओमोन, बराइन र कुबेत पुगेका छन् । विभागले पछिल्लो दुई महिनाको तथ्यांक भने सार्वजनिक गरेको छैन । महिनाको २५ हजारका दरले पनि कामदारको संख्या ६ लाख नाघेको देखिन्छ । आजको अन्नपूर्ण पोस्ट् दैनिक मा समाचार छ । सरकारले २०७२ असार २१ गतेदेखि फ्री भिसा र टिकट लागू गरेको थियो । तर, रोजगारीकै लागि विदेश पलायन भएका लाखौं युवाले न्यूनतम लागत अर्थात फ्री भिसा र टिकटमा जाने अवसर पाएका छैनन् । पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरूङले मलेसियासहित खाडीका ६ मुलुकमा कामदार पठाउने म्यानपावर कम्पनीले सेवा शुल्क बापत १० हजार रुपैयाँ मात्रै लिन पाउने गरी फ्री भिसा र टिकटको नियम लागू गरेक
८ चैत, । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ वटा भूकम्प प्रतिरोधी घरको नयाँ डिजाइन सार्वजनिक गर्ने भएको छ । भूकम्प प्रभावित जिल्लाको ग्रामीण भेगलाई लक्षित गरि प्राधिकरणले किफायती लागतमा बन्ने घरको नमुना डिजाइन तयार गरेको हो । उक्त डिजाइन अनुसार कम्तीमा दुई लाख ९२ हजार रुपैया लागतमा दुई कोठे भवन निर्माण गर्न सकिनेछ । सोसाइटी अफ नेपलिज आर्किटेक्चर -सोना)ले ५ ओटा र जापानी अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा मंगलवार बसेको प्राधिकरण कार्यकारी समितिको वैठकले नयाँ ६ प्रकारको घरको नमुना डिजाइनलाई स्वीकृति दिने निर्णय गरेको हो । उक्त डिजाइनलाई प्राधिकरण कार्यकारी समितिका सदस्य डा. हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणिकरण गरेपछि लागू हुनेछ । नयाँ डिजाइन अनुसार ढुंगाको जोडाई र माटोको गारोका एक तल्ले घर र ढुंगाको गारोमा माटोको जोडाई तथा सिमेन्टको समेत जोडाईमा भूकम्प प्रतिरोधी घर बनाउन सकिनेछ । उक्त डिजाइन सार्वजनिक भ
Comments
Post a Comment