Posts

Showing posts from April, 2017

http://www.applyforvisa.org/election-commission-nepal-voter-list-photo/

http://www.applyforvisa.org/election-commission-nepal-voter-list-photo/

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

Image
राईनास सेवा समाजको आयोजनामा स्थानीय तहको निर्वाचन-२०७४को पुर्व सन्ध्यामा राईनास नगरपालिकाको भावीअध्यक्ष (मेयर ), उपाध्यक्ष (उप-मेयर) एवं अन्य पदका उमेदवारहरु एवं सहभागी राजनीतिक दलले सम्बृद्द राईनास निर्माणका निम्ति तय गर्नु पर्ने प्राथमिकताबारे "राईनासमा विकासको सम्भावना एवं चुनौतीहरु" विषयक वृहत् छलफल कार्यक्रम आयोजना गरिएकोले सबै राजनीतिक दलहरु, स्थानीय संघसंस्थाहरु , नगरवासी एवं सुभचिन्तकहरुलाई निम्न मिति ,स्थान र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ । मिति : २०७४वैशाख २७ गते स्थान : राईनास न.पा केन्द्र (तिनपिप्ले ) लमजुङ समय: विहान ११ बजे।

यस्तो हुनेछ स्थानीय निर्वाचनमा मतपत्र

Image
१८ हजार मतदान केन्द्र वैशाख ७, २०७४- निर्वाचन आयोगले ७५ वटै जिल्लाको मतपत्रको नमुना सार्वजनिक गरेको छ । प्रत्येक जिल्लाको मतपत्र छुट्टाछुट्टै हुनेछन् । आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार बुधबारसम्म ७३ जिल्लाको मतपत्र छापिएको छ । बाँकी दुई जिल्लाको छाप्ने क्रममा रहेको र १/२ दिनभित्रै छापिसकिने उनले बताए । स्थानीय निर्वाचन प्रयोजनका लागि जिल्लागत रूपमा दर्ता भएका दलहरूको संख्याका आधारमा मतपत्रको आकार ठूलो वा सानो छन् । ७५ जिल्लाका लागि ६ आकारका मतपत्र तयार गरिएको सचिव मैनालीले बताए । स्थानीय निर्वाचनका लागि ८० दलले दल दर्ता गराएका छन् । आयोगले पुस २७ देखि माघ १७ को अवधिलाई जिल्लागत रूपमा दल दर्ताका लागि दिएको थियो । उक्त अवधिमा सबैभन्दा बढी काठमाडौंमा ४७ र सबैभन्दा कम मनाङमा ६ वटा दल दर्ता भएका थिए । सचिव मैनालीका अनुसार जिल्लामा दर्ता भएका दलको संख्या र सोहीअनुसार हुन सक्ने स्वतन्त्र उम्मेदवारको आकलन गरेर मतपत्रमा प्रशस्तै स्वतन्त्र चिह्नहरू राखिएका छन् । काठमाडौंसहित बढी दल दर्ता रहेका तराईका जिल्लाहरूको मतपत्रमा ७ पदको कोलमभित्र ६८ वटा लहर छन् । कम दल दर्ता रहेका जिल्ला

रिस्तीमा रामप्रसादको चर्चा

Image
बैशाख । तनहुँ स्थानीय चुनाव नजिकिँदै जादा उम्मेदवारको चर्चा पनि उत्तिकै बढ्ेको छ । वडा देखी नगर र जिल्ला तहमै आकांक्षीको लर्को छ । तर तनहुँको व्यास नगरपालिका ८ साविकको रिस्ती गाविसमा भने पुराना जनप्रेमी नेता रामप्रसाद मिश्रको चर्चा छ । २०३६ साल देखी नेपाली कांग्रेसको राजनितिमा लागी सामाजीक सेवामा लागेका मिश्र यसपटक वडा अध्यक्षको दावेदार हुन् । गाउँ र जनताको विकासमा पार्टी नभनी आफनो तन, मनले सहयोग र सहकार्य गर्दै आएका मिश्र त्यस क्षेत्रको लोकप्रिय नेता हुन् । मिश्रले पार्टीको पूर्व गाउँ कार्य समितिको सभापति समेत भएर काम गरिसकेका छन् । गाउँको विकासमा सधैँ अग्रसर रहने नेता मिश्रलाई वडा अध्यक्ष बनाउनुपर्छ भन्नेमा धैरैको राय भएको पाईन्छ । गाउँमै बसेर राजनिति सँगै समाजसेवा र गाउँबासीको भावनालाई आत्मसाथ गर्दै अघि बढ्ने नेता आफुहरुलाई वडा अध्यक्षको रुपमा चाहिएको रिस्तीबासीहरु बताउँछन् । स्थानीय जनताका अनुसार यसका लागी मिश्र योग्य रहेको पाइन्छ । वडा अध्यक्षमा नेपाली कांग्रेसकै ओझराज पौडेल पनि आकाक्षी देखिएका छन् ।

आकांक्षी बढी भएपछि लमजुङमा ठुला दललाई उमेद्वार छान्न सकस, केही दल दर्ता मात्रै चहलपहल सून्य

Image
लमजुङ । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लाका ठूला राजनीतिक दललाई उम्मेदवार छनोट गर्न गाह्रो भएको छ । धेरै जनाको आकांक्षा देखिएपछि ठूला दललाई उम्मेदवार चयन गर्न हम्मेहम्मे परेको हो । उम्मेदवार छनोट गर्न नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रका नेताहरू गाउँमा पुगेपछि सक्रिय कार्यक्रताको हानथाप चलेको छ । पार्टीहरूले अहिलेसम्म वडामा समेत उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । धेरै जनाको आकांक्षाले गर्दा वडादेखि नगरपालीका र गाउँपालिकासम्मका उम्मेदवार छनोट गर्न गाह्रो भएको नेपाली काँग्रेसका सभापति भेषबहादुर पौडेलले बताउनुभयो । समाचार दैनिक पाटी ४ बैशाख २०७४, सोमबार ०६:५८ वडास्तरकै अध्यक्ष पदमा दर्जनौले उम्मेदवार हुने चाहना राखेको पौडेलको भनाई छ । पौडेलले ७५ वडामध्ये आधाजसो वडामा उमेद्वारको टुङ्गो लागिसकेको बताउनुभयो । नगरपालीका र गाउँपालीका प्रमुखमा भने आकांक्षी धेरै देखिएका छन । काँग्रेसमा सबैभन्दा बढी मध्यनेपाल नगरपालीकामा १९ जना, सुन्दरबजारमा १३, राइनास नगरपालीकामा ११ बेसीशहरमा ८ जना मेयरको आकंक्षी देखिएका छन । यस्तै क्व्होलासोथर गाउँपालीकामा ३, मस्र्याङ्दीमा ३, दोर्

माइक्रोसफ्टले बन्द गर्यो विन्डोज भिस्टा

Image
माइक्रोसफ्ट कम्पनीको कम्प्युटर अपरेटिंग सिस्टम विन्डोज भिस्टालाई प्रविधि उद्योगको सबैभन्दा ठूलो फ्लप प्रडक्ट मानिन्छ । यो माइक्रोसफ्टको व्यवसायिक मार्गमा एउटा ठूलो विपदकै रुपमा प्रकट भयो । अन्ततः १० वर्षे असफल यात्रासँगै माइक्रोसफ्ट कम्पनील्े आफ्ना उक्त फ्लप प्रडक्टलाई विदाई गर्दैछ । सार्वजनिक भएको १० वर्षपछि विन्डोज भिस्टालाई माइक्रोसफ्टले औपचारिक रुपमा अन्त्य गरेको छ । यद्यपि हाल भिस्टा प्रयोग गरिरहेका कम्प्युटर प्रयोगकर्ताले चाहीँ यो अझैपनि प्रयोग गर्न सक्नेछन् । तर माइक्रोसफ्टले यो अपरेटिंग सिस्टममा हुने सेक्योरिटी अपडेट, फिक्सेस तथा सपोर्ट बन्द गर्नेछ, त्यसैले यो अपरेटिंग सिस्टम चलाइरहने प्रयोगकर्ताहरु अब साइबर सुरक्षा जोखिममा पर्नेछन् । माइक्रोसफ्टले आफ्नो समाचार ब्लगमार्फत यो घोषणा गरेको छ । उसले भनेको छ – माइक्रोसफ्टले बितेका १० वर्षसम्म विन्डोज भिस्टालाई सपोर्ट प्रदान गर्दै आयो । तर अब हामी र हाम्रा प्रविधि पार्टनरहरुका लागि हाम्रो श्रोतसाधन पछिल्लो प्रविधिहरुमा लगानी गर्नुपर्ने आवश्यकता देखिएको छ, जसबाट हामीले प्रयोगकर्तालाई महान नयाँ अनुभव प्रदान गर्न सक्नेछौँ । माइक

खानेपानी र सरसफाईमा विशेष ध्यान दिएका छौं : मन्त्री थापा

Image
२९ चैत, काठमाडौ । स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्यको क्षेत्रमा दीगो विकास अन्तर्गत स्वास्थ्य मन्त्रालयले खानेपानी तथा सरसफाईमा विशेष ध्यान दिएको बताएका छन् । उनले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा राजधानीमा आयोजित तीन दिने तेस्रो राष्ट्रिय सम्मेलनको मंगलबार उद्घाटन गर्ने क्रममा यसको लागि मन्त्रालयले मन्त्रीपरिषद् समक्ष कार्ययोजना समेत पेश गरिसकेको बताएका छन् । ‘देशमा व्याप्त वायु प्रदुषण नियन्त्रण तथा न्यूनीकरणका लागि हामीले मन्त्रिपरिषद् समक्ष यस अघि नै कार्ययोजना पेश गरिसकेका छौ,’ मन्त्री थापाले भने, ‘यसबारे मन्त्रीपरिषद्को बैठकमा समेत छलफल हुनेमा हामी आशावादी छौ ।’ उनले यसका साथै मन्त्रीपरिषद्को बैठकले ‘राष्ट्रिय स्वास्थ्य वीमा नीति पारित गर्नेसमेत जानकारी दिए । अनलाइनखबर २०७३ चैत २९ गते १८:३२ मा प्रकाशित

एमालेको प्रश्नः आक्रमण भयो भन्दा प्रधानमन्त्री मुसुक्क हाँसेर बस्न मिल्छ ? सभामुखको रुलिङले टर्‍यो एमालेको संसद अवरोध

Image
२९ चैत, प्रमुख विपक्षी दल एमालेले आफ्ना नेता कार्यकर्ताको घरमा आक्रमण भएको भन्दै सरकारको जवाफ मागेको छ । संसदको मंगलबारको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै सांसद रविन्द्र अधिकारीले मधेसी मोर्चाको नाममा सत्यनारायण मण्डलको घरमा आक्रमण भएको बताए । ‘मधेसमा हिडडुल गर्न, एमालेको नाममा बोल्न, सभा गर्न, घरमा बस्न नपाइने ?’ यसअघि भएका यस्ता घटना भएको तर, दोषीलाई कारबाही नभएको भन्दै उनले भने, ‘यो कस्तो प्रजातन्त्र हो ? यो कस्तो शान्ति सुव्यवस्था हो ?’ मधेसमा एमालेले सभा गर्न थाल्यो, त्यसकारण आक्रमण भयो भन्दा प्रधानमन्त्री, गृहमन्त्री मुसुक्क हाँस्ने गरेको भन्दै उनले अघि भने, मधेसमा आफ्नै घरमा बस्दा आक्रमण भयो भन्दा पनि मुसुक्क हास्ने हो भने मुलुकको शान्ति सुव्यवस्था के होला ? यस्तो शान्ति सुव्यवस्थाले निर्वाचन सुनिश्चित नगर्ने र मुलुकमा कोही नागरिक पनि सुरक्षित नभएको सन्देश दिने उनले बताए । सरकार गैरजिम्मेवार भएको भन्दै उनले देशका विभिन्न स्थानमा भएको घटनाबारे जवाफ माग गरे । सरकारलाई जवाफ नदिएसम्म सदन चल्न नसक्ने भन्दै एमाले सांसदहरु आ-आफ्नो ठाउँमा उभिएका थिए । तर, सभामुखले यसब

प्रचण्डको दाबीः अबको चुनावमा एमाले नराम्रोसँग हार्छ

Image
प्रचण्डको दाबीः अबको चुनावमा एमाले नराम्रोसँग हार्छ २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको चुनावमा एमालेले नराम्रो हार व्यहोर्ने दाबी गरेका छन् । माओवादी केन्द्र, ललितपुर महानगरको सम्मेलनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले चुनावमा जान कांग्रेस र एमालेसँग एजेण्डा नै भएको बताए । ‘गिरिजाबाबुले मेची महाकाली अभियान चलाउनु भयो, कांग्रेस नराम्रोसँग हार्‍यो । हामीले पनि अभियान चलायौं, हार्‍यौं’ प्रचण्डले भने, ‘अहिले एमालेले मेची महाकाली अभियान चलाएको छ । नराम्रोसँग हार्ने उही हो ।’ संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता आफ्नो पार्टी एजेण्डा भएको भन्दै उनले माओवादीले नजिते यो उपलब्ध धरापमा पर्ने बताए । प्रचण्डले राजतन्त्र र गणतन्त्रको फरक जनतालाई बुझाउन कार्यकर्तालाई निर्देशन समेत दिए । अनलाइनखबर२०७३ चैत २९ गते १४:२४ मा प्रकाशित

सरकारले फिर्ता लियो संशोधन विधेयक

Image
सरकारले फिर्ता लियो संशोधन विधेयक २९ चैत । सरकारले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विधेयक फिर्ता लिएको छ । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा कानुनमन्त्री अजयशंकर नायकले विधेयक फिर्ताको प्रस्ताव गरेका थिए, जसलाई बहुमतले स्वीकृत गरेको छ । प्रमुख विपक्षी एमाले भने मौन बसेको थियो । सीमांकनमा प्रमुख विपक्षी दल एमालेको आपत्ति रहेको भन्दै कानुनमन्त्री नायकले संशोधन फिर्ताको प्रस्ताव गरे । उनले अब मुलुकलाई निकास दिन एमाले पनि अगाडि आउनु पर्ने र मधेसी मोर्चा पनि लचिलो हुनु पर्ने बताए । सरकारले आजै अर्को संविधान संशोधन विधेयक दर्ताको तयारी गरेको छ । अनलाइनखबर२०७३ चैत २९ गते १४:२० मा प्रकाशित

दीपकराजको नजरमा माग्नेबुढा ‘एटीएम कार्ड’

Image
दीपकराजको नजरमा माग्नेबुढा ‘एटीएम कार्ड’ हाँस्य कलाकार केदार घिमिरेको ४३ औँ जन्मदिन रेडियो अडियोको प्रागंणमा मनाएका छन् । उनको जन्मदिन विशेष कार्यक्रममा निर्देशक दीपा श्री निरौला, दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौड्याल, किरण केसी,निर्देशक विकास राज आचार्य,केदारकी श्रीमती सीता घिमिरे, लगायतको उपस्थिति रह्यो । उपस्थितले केदारलाई सु–स्वास्थ्य र दिर्घायुको कामना गर्दै जन्मदिनको शुभकामना दिए । शुभकामना दिनुभन्दा दीपकराज गिरीले केदार घिमिरे आफ्नो ‘एटीएम’ कार्ड भएको भन्दै त्यहाँ उपस्थित सबैलाई हँसाए । केदार बिरामी भएको प्रसंग जोड्दै उनले भने, ‘सायद गत वर्ष धेरै नै घोटी छु की क्या हो घोट्दा घोट्दै स्क्रयाच भएछ ।’ पछि भने दीपकले भावुक हुँदै भने, ‘हामी बीच भावनात्मक सम्बन्ध छ । पछिल्लो समयमा हामी हाँस्य कलाकारहरु बीच एक खालको एकता भएको छ । पहिले पहिले हामी बीच एक किसिमको प्रतिस्पर्धाको गन्ध आउँथ्यो । कार्यक्रमहरुमा हात मात्रै जोडिन्थ्यो,मन जोडिदैन्थियो । तर, अहिले भने हात पनि जोडिन्छ,मन पनि जोडिन्छ,गाला पनि जोडिन्छ । सहकार्यमा उसले सधैँ तोड्नेहरुलाई जवाफ दिँदै जोड्ने मै आएको छ ।’ दिपकले भने ।

अष्ट्रेलियामा पहिलो पटक नेपाली फिल्म फेष्टिभल हुदै

Image
अष्ट्रेलियामा पहिलो पटक नेपाली फिल्म फेष्टिभल हुदै पछिल्लो समय नेपाली चलचित्रको दोस्रो बजारका रुपमा अष्ट्रेलियालाई लिने गरिएको छ । नेपालमा सुस्ताएको चलचित्रको ब्यापारलाई पनि यहाँ हुने शोले निर्मातालाई स्वास फेर्न सहयोग गर्ने गरेको छ ।अष्ट्रेलिया छायाँकन तथा प्रदर्शनका लागि अहिले निर्माता तथा बितरकहरुको ओभरसिज बिजनेश मध्येको पहिलो सुचिमा पर्ने गरेको छ । तर,निरन्तर रुपमा अझै पनि नेपाली चलचित्रको शो भने हुन सकिरहेको छैन । अष्ट्रेलियामा पनि सिड्नी र मेल्बोर्न नेपाली चलचित्रका लागि बढी सक्रिय देखिएका छन् । नेपाली चलचित्रको प्रबर्द्दनका पक्षमा यहाँ बिभिन्न कार्यक्रम हुने गरेका छन् । यसै क्रममा करिब दुई सय भन्दा बढी भाषाभाषीको उपस्थित रहेको सिड्नीमा पहिलो पटक फिल्म फेष्टिभल हुने भएको छ । सोमबार साँझ सिड्नीको मेरील्यान्डमा आयोजक टु टेबल्सले औपचारिक रुपमा फिल्म फेष्टिभलको घोषणा गरेको हो । फेष्टिभल नोभेम्बर ३-५ मा हुने र फेष्टिभलमा सहभागीता जनाउनका लागि आउदो साता देखी फाराम खुल्ला गरिने आयोजकले जानकारी गराएको छ । उक्त कार्यक्रममा अभिनेत्री केकी अधिकारी,निर्देशक-निर्माता तथा बितरक प्रचण्डमान श

‘अल्छी आँखा’ को उपचारका लागि भिजन थेरापी सुरु अब चस्मा लाउनु नपर्ने, विदेश जानु पनि नपर्ने

Image
२८ चैत । नेपालमै पहिलोपटक ‘अल्छी आँखा’को उपचार हुने भएको छ । दृष्टि आई केयर सेन्टरले कलंकीमा अत्याधुनिक सुविधा सम्पन्न प्रविधिसहित अल्छी आँखाको उपचार सेवा शुरु गर्न लागेको हो । दृष्टि आँखा अस्पतालका प्रमुख भाइराजा श्रेष्ठका अनुसार भिजन थेरापी भन्ने सफ्टवेयरको माध्यमबाट अल्छी आँखाको उपचार हुनेछ । यस्तो अल्छी आँखा विशेषतः बाल्यकालमै हुने भएकाले ५ वर्ष मुनिका बालवालिकाको निःशुल्क आँखा जाँचको सुबिधा समेत दृष्टिले दिने भएको छ । यसअघि विर्तामोडमा दृष्टिले आँखाको नानी प्रत्यारोपण सेवा नेपालमै पहिलो पटक शुरु गरिसकेको छ । श्रेष्ठले पत्रकारहरुसँग भने–हामी नेपालमै पहिलो पटक सफ्टवेयर प्रबिधिबाट अल्छी आँखाको उपचार बिधी शुरु गर्दैछौं,जसलाई भिजन थेरापी भनिन्छ । अल्छी आँखा कसरी पत्ता लगाउने ? उनले भने–हेर्दा आँखा दुवै राम्रो देखिन्छन् तर एउटा आँखाले पूरै काम गरिरहेको हुदैन । आजसम्म यस्तो अल्छी आँखाको उपचार नेपालमा थिएन । अब हामीले शुरु गर्दैछौं र यसबाट हजारौं मान्छे लाभान्वित हुनसक्छन् । १५ वर्षभन्दा पहिलेनै भिजन थेरापी मार्फत अल्छी आँखाको उपचार गरिसक्नुपर्ने सुझाव समेत दृष्टि आइकेयर सेन्टरले

निखिलको 'पिंजडा व्याक अगेन' रिलिज घोषणा

Image
निखिलको 'पिंजडा व्याक अगेन' रिलिज घोषणा एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको डेब्यू फिल्म हो 'पिंजडा' । सोहि फिल्मको नाम सापटी लिएर सिक्वेलको रुपमा निर्माण भएको फिल्म 'पिंजडा व्याक अगेन' को रिलिज कन्फर्म भएको छ । फिल्म अर्को बर्षको माघ ५ मा रिलिज हुनेछ । वितरणको जिम्मा लिएका गोपालकाजी कायस्थले रिलिज मिति माघ ५ तय भएको पुष्टि गरे । यसअघि फिल्म दशैंमा आउने चर्चा थियो । तयारी नपुग्ने तथा फिल्म फाईनल भएपछिको प्रचार प्रसारलाई ध्यानमा राख्दै फिल्मलाई माघ रिलिज कन्फर्म गरिएको कायस्थले बताए । फिल्ममा निखिल उप्रेतीसँगै सारा सिर्पाली लिड अभिनयमा छन् । मौनता श्रेष्ठको लेखन रहेको फिल्मका एक निर्माता श्रेष्ठ नै हुन् । हिमाल केसीले निर्देशन गरेको फिल्म ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण भएको हो । फिल्मीखबर, काठमाडौं, 2017/04/09

'झ्यानाकुटी' रिलिज कन्फर्म, 'कृ'सँग हुनेछ भिडन्त

Image
'झ्यानाकुटी' रिलिज कन्फर्म, 'कृ'सँग हुनेछ भिडन्त अभिनेत्री निशा अधिकारीको निर्माणमा फ्लोरमा रहेको फिल्म 'झ्यानाकुटी' पनि रिलिज तय भएको छ । पछिल्लो समय फ्लोरमा हुँदै गर्दा निर्माण टिमले फिल्म रिलिजको मिति घोषणा गर्दै गर्दा यो भिडमा फिल्म 'झ्यानाकुटी' पनि थपिएको छ । वितरण अधिकार प्राप्त वितरक सुनिल मानन्धरले फिल्म भदौ ८ मा आउने पुष्टि गरे । यो हुँदै गर्दा 'झ्यानाकुटी'को भिडन्त अनमोल केसी स्टारर फिल्म 'कृ'सँग हुनेछ । कृको यसअघि नै रिलिज मिति फाईनल छ तर फिल्म अझै पनि फ्लोरमा गएको छैन् । 'झ्यानाकुटी'लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । सौगात मल्ल, वेनिशा हमाल र कर्मा शाक्य लिड 'अभिनयमा छन् । फिल्मीखबर, काठमाडौं, 2017/04/09

तालदृश्य हरित समाजद्वारा सडक सरसफाईका लागि बाल्टिन वितरण

Image
तालदृश्य हरित समाजद्वारा सडक सरसफाईका लागि बाल्टिन वितरण लमजुङ । बेसीशहर नगरपालिका–२ स्थित तालफाँट–भकुण्डेमा रहेको तालदृश्य हरित समाजले सडक तथा टोलको सरसफाईका लागि ६ वटा वाल्टिन वितरण गरेको छ । समाजले भकुण्डेमा आईतबार एक कार्यक्रमको आयोजनागरी बेसीशहर–२ स्थित चालिसे–भकुण्डे क्षेत्रमा स्थानीय चोकहरुमा राख्नेगरी बाल्टिन वितरण गरेको हो । बेसीशहर नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र क्लबका अध्यक्ष गुमानसिं कंडेलले स्थानीयबासीलाई बाल्टिन वितरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत पौडेलले राज्य आफैले गर्नुपर्ने काम क्लबको अगुवाईमा भएकोमा धन्यवादसहित आगामी दिनमा सरसफाई र सचेतनाको क्षेत्रमा हातेमालो गरेर अघि बढ्ने बताउनु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका स्थानीय सभापति गणेश बहादुर कंडेल, नेकपा एमालेका उपाध्यक्ष भू.पू. क्याप्टेन विष्णुबहादुर कंडेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष कृष्ण के.सी, बेसीशहर नगरपालिकाका कार्यक्रम अधिकृत सन्तोष दनाई, नेपाल सामुदायीक उच्च माध्यमिक विद्यालय शिक्षक युनियन लमजुङका अध्यक्ष अमृत सुवेदी, मनकामना आवासिय माविका

‘मैंरिमो’को प्रिमियर न्युयोर्कमा हुने

Image
‘मैंरिमो’को प्रिमियर न्युयोर्कमा हुने चैत्र २७, २०७३- गुरुङ भाषा एवम् संस्कृतिमा आधारित चलचित्र ‘मैंरिमो’को प्रिमियर शो न्युयोर्कमा हुने भएको छ । शुक्रबार यहाँ एक पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र टिमले आगामी मे ६ तारिखमा स्थानीय गुल्सन टेरेस (ढाका क्लब)मा चलचित्रको प्रथम प्रर्दशन हुने जानकारी गराएको हो । गुरुङ भाषाको शब्दावली ‘मैंरिमो’ को अर्थ हो तिमीलाई सम्झिरहेको छु । ‘गुरुङ संस्कृति र भाषालाई जिवन्त राख्नु, चलचित्रको मुख्य ध्येय हो’ नायक एवम् निर्माता प्रेम गुरुङले भने, ‘चलचित्र मूलत: वैदेशिक रोजगारीमा आईपर्ने कठिनाईमाझ घटेको वियोगान्त कथा र त्यसको परिवारमा पर्ने प्रभावबारे केन्द्रित छ ।’ मुनाल फिल्मको प्रस्तुति रहेको चलचित्रको निर्देशन भोजबहादुर गुरुङले गरेका छन् भने चलचित्रको मुख्य भूमिकामा नायिका सपना गुरुङलाई प्रस्तुत गरिएको छ । दुई घण्टा लामो चलचित्रको नायकको रुपमा गमन घलेले अभिनय गरेका छन् भने नवनायिकाको रुपमा सोनु गुरुङलाई प्रस्तुत गरिएको छ । दुई गीतमध्ये ‘ए ङोल्स्यो...ए ङोल्स्यो...’ बोलको गीत गुरुङ समुदायमाझ निकै चर्चित बनिसकेको छ । चलचित्रको सम्पूर्ण छायाङ्कन लमज

बर्षान्तमा आएनन् ठुला फिल्म, 'अपरिचित' सोलो रिलिज

Image
बर्षान्तमा आएनन् ठुला फिल्म, 'अपरिचित' सोलो रिलिज यो हप्ता बर्ष २०७३ को लागी अन्तिम हो । बर्षभरी ८५ बढि फिल्म रिलिज हुँदा बर्षान्तमा भने ठुला फिल्म छैनन् । कारण हो, नयाँ बर्ष २०७४ को पहिलो दिन अर्थात अर्को साता हुन लागेको तीन ठुला फिल्मको भिडन्त । बैशाख १ मा 'लभ लभ लभ', 'राधे' र 'घामपानी' तीन फिल्म प्रतिस्पर्धाामा आउन लाग्दा यो हप्ता भने 'अपरिचित' नामको फिल्म सोलो रिलिज भएको छ । फिल्ममा सारिक केसी र प्रज्वल गिरी लिड अभिनयमा छन् । यसअघि चैत्र २५ मा 'पर्व' रिलिजको चर्चाकाबीच उक्त फिल्मको रिलिज सरेको थियो । 'अपरिचित'लाई रुपेश थिङले निर्देशन गरेका हुन् । तामाङ चलचित्रलाई पृष्ठभुमि बनाएर आएका रुपेश थिङले यहि फिल्मबाट मुलधारको फिल्म निर्देशन यात्रा सुरु गरेका हुन् । एक्शन लभ स्टोरी जनराको भनिएको फिल्म अपरिचितलाई सञ्चु थोकर लामाले खिचेका हुन् । फिल्ममा लगानी मिलन लामा र जविन्द्र सुब्बाले गरेका छन् ।
Image
ग्यास्ट्रिकले सताएर हैरान हुनुहुन्छ ? अब अपनाउनुहोस् यि उपाय भनिन्छ ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो। धेरैको ग्यास्ट्रिक गुनासो सुन्न पाईन्छ हिजो आज । मानिस खान नपाएर भन्दा पनि खान नजानेर रोगी छ हिजो आज। अत्याधुनिक जीवनशैली, कम ब्यायाम, मीसावट युक्त अन्न, बिशादीपूर्ण तरकारी, जिब्रोले स्वाद माने अत्याधिक भोजन जस्ता स्वास्थ्य प्रतिकुल कृयाकलापले मानिस रोग बाट ग्रसित छ। मसालेदार, तारेभुटेको, चप्प खोज्ने हाम्रो स्वादे जिब्रोनै हाम्रो परम शत्रु बन्न पुगेको छ। नआतिनुहोस् यहाँ हामीले पाएको फाईदा यहाँहरु समक्ष् बाँड्दै छौँ। जुवानो र बिरे नुन त हामी सबैको भान्छामा हुने चिज हो। हो यही हो यो रोग को औषधी । जुवानो सुत्केरीलाई मात्र खुवाउने चिज होइन रहेछ। यो त पाचक रहेछ, त्यही भएर त्यो सुत्केरी अवस्थाको अत्यधिक चिल्लो पचाउने काम गर्दो रहेछ यसले। औषधी बनाउने बिधी यस्तो छ : एकातिर बिरे नुनलाई धुलो हुने गरी पिसौं। ज्वानो ५ चम्चा जत्ती भुटौं र त्यो पनि पिसौं। ५ चम्चा ज्वानो मा करीब १ चम्चा बिरे नुन मिसाऔँ । यही अनुपातमा आफुँलाई चाइने मात्रामा तयार गरेर एउटा बन्द भाडोमा राख्न सकिन्छ। जब आफु

बल्ब–पंखा फेर्दा चारयस मेगावाट बिजुली जोगिने

Image
आर्थिक समाचार : बल्ब–पंखा फेर्दा चारयस मेगावाट बिजुली जोगिने २७ चैत । बढी बिजुली खपत गर्ने पुराना पंखा र बल्ब फेर्दा चार सय मेगावट बिजुली बचत गर्न सकिने दाबी नेपाल विद्युत प्राधिकरणले गरेको छ । पुरानाले धेरै बिजुली तान्ने गरेकाले तिनीहरुको ठाउँमा उत्तिकै उज्यालो दिने नयाँ बल्ब र पंखा फेर्ने अभियानमा प्राधिकरण लागेको छ । नागरिक दैनिकले बल्ब–पंखा फेर्दा चार सय मेगावाट बिजुली जोगिनेलाई मुख्य समाचार बनाएको छ । दुइटा बाइड बडी किन्न सम्झौला पनि नागरिकले लेखेको छ । त्यस्तै सम्झौता मिचेर गुणस्तरहिन मल आयातलाई नागरिकले लेखेको छ । ऐनले अड्कायो पूर्वाधार विकास बैंकलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । भैरहवा विमानस्थल निर्माण विवाद सन्दर्भमा नयाँ पत्रिका दैनिकले लेखेको छ, भुक्तानी ढिला गरे क्षतिपूर्ति मागिने । आजदेखि नमस्ते अभियानलाई पनि नयाँ पत्रिकाले लेखेको छ । ठूला आयोजना कम्पनि मोडलमालाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । पर्यटन प्रवद्र्धन गर्न नमस्ते अभियानलाई पनि कारोबारले लेखेको छ । त्यस्तै म्यादी प्रहरीमा ३५४ डिग्री होल्डरलाइ कारोबारले उल्लेख गरेको छ । व्यापारीको राजनी

गलेश्वरको बेलीब्रिज जीर्ण, भाँचिने त्रासले स्थानीय त्रसित

Image
गलेश्वरको बेलीब्रिज जीर्ण, भाँचिने त्रासले स्थानीय त्रसित २७ चैत। दैनिक दर्जनौँ निजी तथा भाडाका सवारीसाधन गुड्ने बेनी–जोमसोम सडकखण्डअन्तर्गत गलेश्वरमा रहेको बेलीब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको छ । जिल्लाको राहुघाट, उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापसँगै पुल जीर्ण भएको लामो समय बितिसक्दासमेत सम्बन्धित निकायले मर्मतमा चासो नदेखाउँदा जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने त्रास बढेको छ । पुलको बीच र आसपासमा प्वाल परेको छ । जीर्ण पुलको मर्मतका लागि सडक विभाग समेत बेखवर भएको स्थानीय अमृतमान शेरचनले बताए । पुलमा परेको प्वालमा ठूला सवारीसाधनका पाङ्ग्राले क्षति पुगेको गलेश्वरका मोहन केसीले बताए ।नेपाली सेनाले २०६४ सालमा सो पुल निर्माण गरेको थियो । यसैगरी म्याग्दी र मुस्ताङ खण्डमा रहेका चारवटा पुलको मर्मत हुन सकेको छैन । २०७३ चैत २७ गते ८:४६ मा प्रकाशित रासस

युथ कप द न्यू वर्ल्ड कप खेल्दै नेपाली मूलका ११ वर्षीय पासाङ

Image
युथ कप द न्यू वर्ल्ड कप खेल्दै नेपाली मूलका ११ वर्षीय पासाङ २७ चैत, अमेरिका । क्यानडामा बसोबास गर्दै आइरहेका नेपाली मूलका पासाङ नामग्याल शेर्पा अन्डर सेभेन्टीको अलग्रेभ युथ कप द न्यू वर्ल्ड कपमा खेल्ने भएका छन् । क्यानडाको रोबर्ट क्यानडा सकर एकेडेमीबाट उनले कपमा भाग लिन लागेका हुन् । पासाङ क्यानडाको क्लबबाट प्रतिनिधित्व गर्दै अलग्रेभ युथ कप द न्यू वर्ल्ड कपमा भाग लिने नेपाली मूलका पहिलो खेलाडी हुन् । उनी उक्त खेलमा सहभागी हुन अप्रिल ८ मा पोर्चुगल उडेका छन् । पासाङका बाबु मिगंमार नोर्गे शेर्पा नेपालबाट सन् १९९२ मा क्यानडा आएका थिए । सन् १९९७ मा अमेरिका गएका उनी २००९ देखि क्यानडामा परिवारसहित बस्दै आइरहेका छन् । विश्वका १७ वर्षमुनिका ३ हजार २ सय खेलाडीहरुको सहभागिता रहने वर्ल्ड कपमा पाँच वटा महादेशका २ सयवटा समूहले भाग लिनेछन् । मिड फिल्ड (मध्य पंक्ति तथा स्ट्राईकर (प्रहारक) भएर खेल्ने पासाङको खेलले उचाई चुम्ने सम्भावना छ । २०७३ चैत २७ गते ९:२० मा प्रकाशित

नेपाली सेनाको आशक्तिः घरजग्गादेखि मिनिरल वाटरको ब्यापारसम्म ! हिमाल भन्छ- सेनालाई व्यवसायी नबनाऊ

Image
२७ चैत । ‘नाफामूलक व्यवसाय र आर्थिक गतिविधिमा बढ्दो आशक्तिले राष्ट्रिय सेनाको छवि धुमिल पार्दैछ ।’ यो भनाइ हो आइतबार प्रकाशित साप्ताहिक हिमाल खबरपत्रिकाको । व्यवसायिक हुनुपर्ने नेपाली सेना व्यवसायी हुँदै गएको हिमालले कभर स्टोरी प्रकाशित गरेको छ । पत्रकार रामेश्वर बोहराको बाइलाइनमा छापिएको आवरण स्टोरीमा भनिएको छ-‘ राष्ट्रिय सुरक्षाको मूलभूत जिम्मेवारीसँग मेल नखाने आर्थिक र व्यापारिक रुचीले नेपाली सेनाको ओज घटाउँदैछ । हिमालखबरले सेनाको व्यवसायबारे आवरण कथामात्रै लेखेको छैन, सम्पादकीय नै लेखेर भनेको छ- सेनालाई व्यवसायी नबनाऊ । नेपाली सेनाले पेट्रोलपम्प, मेडिकल कलेज, सडक निर्माण ठेक्का र अस्पताल सञ्चालन जस्ता आर्थिक गतिविधिमा आशक्ति देखाएर गलत परम्परा बसाएको हिमालको टिप्पणी छ । साथै जंगी अड्डामा पार्टी भेन्यु सञ्चालन गर्नुलाई पनि नेपाली सेनाको आर्थिक आशक्तिका रुपमा टिप्पणी गरिएको छ । नेपाली सेनाले जलविद्युत, बैंक, पोलिटेक्निक कलेज, मिनरल वाटर उद्योग र घरजग्गा कारेाबारमा समेत आशक्ति देखाएको हिमालखबरमा रिपोर्ट प्रकाशित छ । २०७३ चैत २७ गते ९:२३ मा प्रकाशित अनलाइनखबर

नेपालकी तरकारीवाली र पाकिस्तानका चायवालाको चर्चा त खुबै भयो । अहिले फेरि ब्राजिलकी एक झाडुवालीको चर्चा छ ।

Image
नेपालकी तरकारीवाली र पाकिस्तानका चायवालाको चर्चा त खुबै भयो । अहिले फेरि ब्राजिलकी एक झाडुवालीको चर्चा छ ।

निशाअधिकारीलाई देखेर गौरव पहारीको मुख रसाए पछि

Image
निशाअधिकारीलाई देखेर गौरव पहारीको मुख रसाए पछि चलचित्र ‘कुम्भ करण’को लोक लयमा तयार पारिएको गीतको भिडियो सार्वजनिक गरिएको छ ।गोविन्द मधुर आचार्यको शब्द तथा संगीतरहेको ‘कुटु कुटु’ बोलको गीतमा समिर आचार्य र सुधा रत्नको स्वर छ ।गीतमा चलचित्रका मुख्य कलाकारले दोहोरी खेलेको देखाइएको छ । गीतमा नूत्य निर्देशन सुरेन बसेलले गरका हुन् । gaurabha n nishaभोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सद्भाव थापाको यो चलचित्रमा मुख्य भूमिका छ । गीतले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । नेपाली चलचित्रमा यस्ता खालका गीत संगीत हराउँदै गएको समयमा प्यूठानमा छायांकन गरिएको चलचित्र ‘कुम्भ करण’ले पनि लोकदोहोरी समावेश गरेको छ । दीपक वलीले चलचित्रको निर्देशन गरेका हुन् । क्षितिज बस्नेत निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रोम ओली हुन् । आकाश पलको प्रस्तुतीमा तयार भएको यो चलचित्रले एउटा प्राथमिक विद्यालयमा काम गर्ने कर्मचारी र शिक्षिकाविचको लभ चक्करलाई रमाइलो तरिकाले देखाएको छ । चलचित्रमा अर्जुन जीसी र मिलन श्रेष्ठको सम्पादन, हरि लामाको