प्रस्तावित राजदूतमध्ये तीन जनाविरुद्ध उजुरी







४ चैत, काठमाडौं । सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूत मध्ये ३ जनाविरुद्ध संसदीय समितिमा उजुरी परेको छ ।
संसदीय सुनुवाई विशेष समितिमा राजदूतमा सिफारिस गरिएका शर्मिला पराजुली ढकाल, रमेश कोइराला र निरञ्जन थापाविरुद्ध उजुरी परेको हो ।
पराजुलीविरुद्ध ३, कोइरालाविरुद्ध २ र थापाविरुद्ध एउटा उजुरी परेको समितिका शाखा अधिकृत सावित्रा शर्माले जानकारी दिइन् ।
सरकारले पराजुलीलाई ओमान, कोइरालालाई कतार र थापालाई इजरायलको राजदूतमा सिफारिस गरेको छ । समितिले विहीबारसम्म सिफारिस गरेका राजदूतविरुद्धको उजुरी लिएको थियो ।
सरकारले लक्की शेर्पालाई अष्ट्रेलिया, महेन्द्रबहादुर सिंहलाई साउदी अरव, पदम सन्दासलाई बहराईन र युवनाथ लम्साललाई डेनमार्क, विश्वम्भर प्याकुर्‍याललाई श्रीलंका, चोपलाल भुषाललाई बंगलादेश, भीम उदासलाई म्यान्मार र प्रतिमा राणालाई जापानका लागि राजदूतमा सिफारिस गरेको छ । अन्यका बिरुद्ध भने उजुरी परेको छैन ।
समितिले उजुरीमाथि छानवीन गर्न पनि सुरु गरेको छ । उजुरीकर्तालाई नै बोलाएर छानवीन गनर्ेे र सो सम्बन्धमा सिफारिस गरिएका सम्बन्धित राजदूतहरुसँग पनि सोछपुछ हुने समितिले जनाएको छ ।
समितिले छानवीन र सोधपुछको काम सकिएपछि सिफारिस गरिएका राजदूतहरुको नाम अनुमोदन गर्ने छ । संसदीय समितिले अनुमोदन गरेपछि मात्रै राजदुत नियुक्त प्रक्रिया अघि बढाउने संवैधानिक व्यवस्था छ ।
अनलाइनखबर२०७३ चैत ४ गते १८:३९ मा प्रकाशित

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन