जहाँ पुल तरेको पैसा तिर्नु पर्छ…



रासस 



फाइल तस्वीर ।
९ चैत, कञ्चनपुर । नदी तर्दा पुलबाट तरेबापत पैसा तिर्नुपर्छभन्दा पत्यार नलाग्न सक्ला, तर कञ्चनपुर–कैलालीको सीमा छुट्याउने मोहना नदीको पुलमा ओहोरदोहोर गर्दा यहाँको अमरबस्तीका स्थानीयवासीले रकम बुझाउनुपर्ने बाध्यता रहेको छ । 
कञ्चनपुरको पुनर्वास नगरपालिका–९ अमरबस्तीका नागरिक धनगढीलगायत अन्य स्थानमा जान मोहना नदीमा बनाएको बाँसको अस्थायी पुलबाट तरेबापत वर्षौंदेखि पैसा तिर्दै आएका छन् । वारि कञ्चनपुरको अमरबस्ती र पारि कैलालीको बरहरा बस्तीको बीचमा पर्ने नदीमा स्थानीयवासीले समूहमार्फत अस्थायी पुल बनाएका छन् ।
पुलमा ओहोर–दोहोर गरेबापत प्रतिमोटरसाइकल २०, साइकल १० र प्रतिव्यक्ति पाँच रूपैयाँ तिर्नुपर्ने हुन्छ । “नदीमा पुल नभएको भए स्थानीयवासीलाई ओहोर–दोहारमै समस्या पर्छ ।” पुलका चौकीदार सुन्दर चौधरीले भने, “पुल नहुँदा गाउँलेले सधैँ रकम तिर्नुपर्ने बाध्यता छ ।”
अमरबस्तीका किसानले उत्पादन गरेको तरकारी बिक्री–वितरणका लागि धनगढीलगायत बजारमा जान पुलका कारण सहज भएको चौधरीको भनाइ छ । “पुल नभएको भए गाउँमा उत्पादन गरिएको तरकारी बजारमा लैजान पनि गाह्रो थियो ।” चौधरीले भने, “बर्सातमा पुल रहँदैन, घुमाउरो बाटो प्रयोग गर्नुको विकल्प रहँदैन ।”
पुलबाट दैनिक ६ सय देखि नौसय रूपैयाँसम्म रकम सङ्कलन हुने गरेको छ ।  “पुनर्वास घटनाका बेला एक दिनमै ६ हजार सङ्कलन भयो ।” उनले भने, “झोलुङ्गे पुलका लागि स्थानीयवासीले माग गरेको भए पनि सुनुवाइ भएको छैन ।”
OnlineKhabar
२०७३ चैत ९ गते ७:४१ मा प्रकाशित

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन