टेलिभिजन लाइभमा मन्त्रीले झारे पत्रकारको झाँको ! 'ल भइहाल्यो, अब स्टुडियो बन्द गर्नुस् !'
३ चैत, । वाणिज्य मन्त्री रोमी गौचन थकालीले माउन्टेन
टेलिभिजनलाई दिएको एउटा अन्तरवार्ता अहिले चर्चामा छ । ४३ मिनेट लामो उक्त
लाइभ अन्तरवार्ताभरि मन्त्री थकालीले पत्रकारको सातो खाएका छन् ।
पत्रकार सुनिल दाहालले ‘माउन्टेन फोकस’ कार्यक्रमको सुरुवातमा मन्त्रीमाथि केही व्यक्तिगत आक्षेप लगाउने प्रश्नहरु सोधेका थिए । यसबाट मन्त्री नराम्ररी भड्किए । त्यसपछि पूरा अन्तरवार्ताभरि नै पत्रकारमाथि मन्त्री हावी भए । उनले राम्ररी प्रश्न सोध्ने मौका विरलै दिए । कार्यक्रमको बीचमै उनी उठेर हिँड्न खोजेका पनि थिए ।
‘तपाईंले त मन्त्रालयमा तहल्का पिट्नुभएको छ रे नी ?’ पत्रकारको पहिलो प्रश्न थियो । ‘कुन अर्थमा ?’ मन्त्री थकालीले जिज्ञासु भएर सोधे ।
‘तपाईंलाई अराजक मन्त्रीको सुचीमा राखिएको छ रे नि त ।’ पत्रकारले भने ।
‘कसले अराजक सुचीमा राखेको हो, मलाई थाहा भएन,’ मन्त्री अलि रुष्ट भए ।
‘कर्मचारीदेखि सचिवसम्मलाई थरथर कमाउने काम तपाईंले गर्नुभएको छ रे नि, किन ?’ पत्रकारले सोधे ।
‘उहाँहरुलाई नै सोध्नुस् न किन काम्नुभएको छ । मैले पुरानै सचिवसँग काम गरिरहेको छु । एउटा कर्मचारीको पनि सरुवा र डिभिजनल हेरफेर गरेको छैन । तपाईंबाटै पहिलोचोटि सुनेँ कि मन्त्रालयमा कर्मंचारी थरथर छन् । कर्मचारी मन्त्रीसँग थरथर हुनुपर्दैन, जनताको काममा थरथर भएको हो भने त्यो मेरो लागि गौरवको विषय हुन्छ,’ मन्त्री थकालीले तार्किक जवाफ दिए ।
त्यसपछि पत्रकारले भने, ‘तपाईंलाई यो स्टुडियोमा आमन्त्रण गर्नुभन्दा एक हप्ताअघि मैले तपाईं के गर्नुहुन्छ र तपाईंको काम-कारवाही कस्तो छ भनेर सुक्ष्म अवलोकन गरेको थिएँ । तपाईं राति १० बजेसम्म (मन्त्रालयमा) बस्नुहुन्छ र अनावश्यकरुपमा कर्मचारीलाई पनि झुलाएर राख्नुहुन्छ र दुख दिनुहुन्छ रे ?’
यसमा थकालीले उत्तेजित नभई जवाफ दिए, ‘कोही त्यस्तो कर्मचारी भए मेरो टेबलमा आउनुपरो । दिउँसो जनताको कुरा सुन्नुपर्छ । औपचारिक कार्यक्रमहरु हुन्छन् । मैले नीतिगत कुराहरु सम्वन्धित पदाधिकारीलाई राखेर अफिस बन्द भएपछि छलफल गर्छु । यदि कुनै कर्मचारीलाई निद्रा भए भने मलाई भन्न सक्नुपर्ने हो ।’
त्यसपछि अन्तरवार्तामा नयाँ मोड आयो ।
‘तपाईंसँग नीतिगत र राजनीतिक कुरा पनि गर्नेछु,’ पत्रकार भन्छन्, त्यो भन्दा पहिले तपाईंमाथि लागेका आरोपमाथि छलफल गर्नेछु । ‘
‘ल भन्नुस, ममाथिको आरोप तपाईंबाट सुन्न पाउनु मेरा लागि गौरवको विषय हुन्छ,’ मन्त्री गौचनले व्यंग्यात्मक पारामा भने ।
त्यसपछि पत्रकारले सोधे, ‘मन्त्रालयमा आउँदा तपाईंको अगाडि कुनै सवारी साधन आयो भने तपाईं आफ्नो सवारी साधनबाट झरेर ‘मन्त्रीको गाडी पछाडि हुँदा तैंले बाटो छोड्नुपर्दैन ?’ भन्दै गाली गर्दैं हिँड्नुहुन्छ रे, हो ?’
यो प्रश्नले भने मन्त्री थकालीको पारो तात्यो । उनले उत्तेजित भएर भने, ‘कसलाई गाली गरेँ ? मेरो अगाडि उभ्याउनुस् । मसँग नीतिगत कुरा गर्नुस, होइन भने मैले जवाफ दिनुपर्ने कुनै जरुरी छैन । पर्सनल कुराको जवाफ म दिन्न । पत्रकार भन्दैमा जथाभावी प्रश्न सोध्न मिल्छ ? नीतिगत कुरा गर्नुस, होइन भने म स्टुडियोबाट बाहिर जान्छु ।’
यति भनेर मन्त्रीले कोटबाट माइक झिक्छन् र हातमा लिन्छन् ।
‘त्यो होइन त्यसो भए,’ पत्रकार अलि नरम भएर भन्छन्, ‘तपाईंमाथि अर्को आरोप….’
‘भइहाल्यो’ मन्त्री टक्टकिन्छन् ।
‘तपाईंको निजी क्षेत्रसँग टस्सल छ रे हो ?’ पत्रकारले अर्को आरोप लगाउँछन् ।
‘तपाईं राम्रोसँग प्रस्तुत हुने कि नहुने ?’ मन्त्रीले पत्रकारको झाँको झार्छन्, ‘तपाईंको यो सवालको जवाफ दिन आएको होइन । तपाईं नीतिगत कुरा गर्नुहुन्छ कि गर्नुहुन्न ?’
‘स्योर, म तपाईंसँग नीतिगत कुरा पनि गर्नेछु,’ पत्रकार एक कदम पछि हट्छन् ‘ल भइहाल्यो । अब स्टुडियो बन्द गर्नुस् । म तपाईंको धेरै पटकको अनुरोधमा आएको हुँ, अपमान खान आएको होइन । तपाईं नीतिगत कुरा गर्नुहुन्न भने स्टुडियो बन्द गर्नुस,’ मन्त्रीको आक्रोश बढ्दै जान्छ ।
‘ठीक छ, त्यसोभए विषय प्रवेश गरौं,’ पत्रकार फकाउने ढंगले भन्छन् ।
‘छोड्दिनुस,’ मन्त्रीले अनिच्छा व्यक्त गर्छन् । छातीमा टाँसिएको माइक्रोफोन निकालेर मन्त्रीले हातमा बोक्छन् । पत्रकारले छातीमा राख्न आग्रह गर्दा पनि मान्दैनन् ।
‘त्यसोभए यो भनिदिनुस कि तपाईं वाणिज्य मन्त्री भएपछि के-के सुधार गर्नुभयो ?’ पत्रकार चिसो प्रश्न राख्छन्, तर मन्त्री सेलाउँदैनन् ।
‘तपाईंले मलाई स्टुडियोमा आमन्त्रित गर्दा दिनुभएका प्रश्न र अहिले सोध्नुभएका प्रश्न धेरै फरक छन् । व्यक्तिगत कुरा गर्नुहुन्छ भने मेरो घरमा आउनुस, म पनि तपाईंको इन्टरभ्यू लिन पाउँ । तपाईंलाई पनि मेरो आरोप छ,’ मन्त्रीले भन्छन् ।
पत्रकार भन्छन्,’पक्कै पनि । अब म नीतिगतरुपमै सवाल-जवाफ गर्छु ।’ त्यसपछि उनी सोध्छन्, ‘तपाईं र सुपारी तस्करको चर्चा धेरै भइरहेको छ, तपाईंलाई सुपारी तस्करले घेरेका छन् भनिन्छ… ‘
‘घेरेको कुन सेन्समा ?’ मन्त्रीले पत्रकारलाई नै प्रतिप्रश्न गर्छन् ।
‘तपाईंले सुपारी तस्करलाई ठेगान लगाउँदै हुनुहुन्छ भन्ने पनि चर्चा छ नि ?’ मन्त्री बिच्किन लागेको बुझेर पत्रकारले प्रश्नको मोहडा परिवर्तन गर्छन् ।
‘सके पार्छु । मेरो अभियान हो । तपाईं सहयोग गर्नुहुन्न ?’ मन्त्री कड्किन्छन् ।
‘पक्कै पनि । स्योर,’ पत्रकारले आश्वस्त पार्न खोज्छन् ।
‘तपाईंले प्रश्न गर्ने बाहानामा अनैतिक व्यपारीहरुको हितमा त बोलिरहनुभएको छैन ? कसको इशारामा तपाईंले मलाई यहाँ बोलाउनुभो ? मलाई शंका लागिरहेको छ तपाईप्रति । सपारी तुपारी म जान्दिनँ । तपाईंको आशय मैले राम्रोसँग बुझेँ ।’ मन्त्री मन्त्री थकालीले झन् कडारुपमा प्रस्तुत हुँदै भन्छन्, ‘यो सतिले सरापेको देश हो ।’
पत्रकार झनै पछि हट्छन् । मन्त्रीलाई चिस्याउन उनले सोध्छन्, ‘तपाईं मन्त्री भएपछि वाणिज्य मन्त्रालयमा के-के प्रगति भएका छन् ?’
यो प्रश्नले मन्त्रीलाई अलि शान्त बनाउँछ । मन्त्री शान्त भएको देखेपछि पत्रकारले छातीमा माइक लगाउन पुनः आग्रह गर्छन् ।
‘माइक लगाउने-नलगाउने म द्विविधामा छु । अपमानित हुन म यहाँ आएको होइन । यदि मेरो प्रतिष्ठामा तपाईंले आक्रमण गर्नुहुन्छ भने म बेइज्जती खपेर बस्न सक्दिनँ । मलाई अरुले भन्दैथे, तपाईंलाई फसाउन इन्भाइट गरेको हो, शुद्धता पत्रकारितामा पनि चाहिन्छ,’ मन्त्री भन्छन् ।
‘मन्त्रीज्यू, तपाईंले आशंका नगर्नुस् । म कतैबाट पनि प्रभावित छैन,’ पत्रकार गिड्गिडाउँछन् ।
‘होइन, मैले शंका गर्नुपर्ने ठाउँ रह्यो । तपाईले कसैको इशाराबाट मलाई बोलाउनुभएको हो । अब तपाईंले मलाई मन्त्रीज्यू भन्न पाउनुहुन्न । तपाईंको प्रत्येक प्रश्नमा मलाई शंका छ,’ मन्त्री भन्छन् ।
‘तपाईंलाई म विनम आग्रह गर्छु । म कुनै समूहको प्रभावमा छैन । म तुलामा जोखिन तयार छु,’ पत्रकार भन्छन् ।
‘हो भने तपाईं र म एउटा ढकमा बसेर जोखिउँ । नैतिकताको कसीमा । मेरो तपाईंलाई यो चुनौति हो,’ मन्त्री भन्छन् ।
‘अलिकति सवाल परिवर्तन गरौं,’ पत्रकार नयाँ प्रश्न सोध्न खोज्छन् तर मन्त्रीले बीचमै रोक्छन् ।
‘तपाईं कुन राजनीतिक विचारधारा बोक्नुहुन्छ भन्ने मलाई राम्रोसँग थाहा छ । जयनेपाल भन्दैमा कांग्रेस हुँदैन, लालसलाम भन्दैमा कम्युनिस्ट हुँदैन,’ मन्त्री भन्छन् ।
‘मन्त्रीज्यू म कुनै पनि विचारबाट प्रभावित छैन,’ पत्रकार भन्छन् ।
‘संकेत काफी छ,’ मन्त्री भन्छन् ।
‘कालीगण्डकी कोरिडोरको अवस्था के छ मन्त्रीज्यू ‘ पत्रकारले झुक्याएर नयाँ प्रश्न सोध्छन् । तर, मन्त्रीको सिधा जवाफ आउँदैन ।
‘तपाईंलाई के जवाफ दिनु ? मलाई जवाफ दिने जाँगर नै छैन’ मन्त्री थकाली भन्छन् । त्यसपछि थप्छन्, ‘तपाईं यत्रो मेरो सुक्ष्म अध्ययन गर्ने मान्छेलाई कालीगण्डकी कोरिडोर कहाँ पुग्यो भन्ने थाहा छैन ? भन्नुस कहाँ पुगेको छ ?’
‘म सोध्दैछु, यसको प्रगति के भइरहेको छ ?’ पत्रकार फेरि सोध्छन् ।
‘तपाईं नै भन्नुस् न, के भइरहेको छ ? तपाईं त अध्ययन गर्ने मान्छे ।’ मन्त्री भन्छन् ।
‘तपाईंले लगानीका लागि सम्झौता गर्नुभएको छ,’ पत्रकार जवाफ दिन्छन् ।
‘मैले कोसँग सम्झौता गरेँ ?’ मन्त्रीले हाजिरी जवाफमा झैं सोध्छन् ।
‘सम्झौता गरेर तपाईंले राम्रो काम गर्नुभएको छ, त्यसको प्रगति कहाँ पुगेको छ भनेर सोध्दैछु,’ पत्रकार प्रतिरक्षात्मक हुँदै भन्छन् ।
‘तपाईंको खोजबाट के पत्ता लगाउनुभएको छ ? तपाईं त खोज पत्रकारिता गर्ने मान्छे,’ मन्त्री भन्छन् ।
‘पक्कै पनि । मेरो पत्रकारिता अभियानमा १२ वर्ष भयो,’ पत्रकार सुनाउँछन् ।
‘मेरो पनि ३५ वर्ष भयो राजनीतिमा,’ मन्त्री जवाफ दिन्छन् ।
‘पक्कै पनि । त्यसकारण मैले यो सवाल राख्दा पनि म गलत हुन्न कि प्रगति के भइरहेको छ ?’ पत्रकार फेरि त्यही प्रश्नमा फन्को मार्छन् ।
मन्त्री- ‘तपाईं नै भन्नुस, कहाँसम्म पुगेको छ ? त्यसपछि म पुष्ट्याइ गछर्ृु,’ मन्त्री ।
पत्रकार- ‘विस्तृत रुपमा केस्रा केस्रा त मलाई थाहा छैन ।’
मन्त्री- ‘हो, स्वीकार्नुहुन्छ ?’
पत्रकार- ‘पक्कै पनि ।’
त्यसपछि बल्ल मन्त्रीले गम्भीर भएर विस्तृत जवाफ दिन थाल्छन् ।
कार्यक्रमको अन्त्यमा मन्त्री गौचनले फेरि भन्छन्, ‘षडयन्त्र गरेर मलाई आज यो कार्यक्रममा ल्याउनुभो, तपाईलाई धन्यवाद छ ।’
को हुन् थकाली ?
नेपाली कांग्रेसभित्र तार्किक र प्रखर वक्ताका रुपमा चिनिन्छन् रोमी गौचन थकाली । ५७ वषर्ीय थकाली मुस्ताङबाट प्रत्यक्ष निर्वाचित सभासद हुन् । उनी आफूले सम्हालेका मन्त्रालयमा राम्रो विज्ञता राख्ने प्रयास गर्छन्, अन्जान भएर बस्दैनन् । सामान्य पारिवारिक पृष्ठभूमिका उनी मिहेनेती र इमान्दार नेताका रुपमा पनि चिनिन्छ ।
अन्तरवार्तामा पनि उनले आफूले घुस नखाने, बरु जिल्लामा गएर चौंरी चराउने बताएका छन् । साथै उनले सुपाडी तस्करहरुका पक्षमा काम नगर्ने, गरिक जनता र साना व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाए । उनले पत्रकारहरुलाई पनि सच्चिन आग्रह गरे ।
पत्रकार दाहालले सुरुमै व्यक्तिगत आक्षेपयुक्त र हचुवा प्रश्न सोधेका छन्, जसले मन्त्री थकालीलाई नराम्रोसँग ‘ब्याक फायर’ गरेको छ । यसै पनि अन्तरवार्तामा सुरुमै नकारात्मक विषय कोट्याउनुलाई पत्रकारितामा सही अभ्यास मानिँदैन ।
यस अर्थमा मन्त्री थकालीको सुरुवाती आक्रोश अस्वाभाविक छैन । उनले ती प्रश्नहरुको जवाफ आक्रामक तर तार्किक ढंगले दिएका छन् । उनको जवाफले पत्रकार दाहाललाई दुई कदमपछि हट्न बाध्य बनाउँछ ।
तर, पत्रकार पछि हटिसकेपछि पनि मन्त्री थकाली सेलाउँदैनन् । लगभग पूरा अन्तरवार्तामा उनले आक्रोशित भएरै जवाफ दिएका छन्, जुन निकै उत्तेजकजस्तो लाग्छ । अन्तरवार्तामा मन्त्री हाबी देखिन्छन् भने पत्रकार निकै प्रतिरक्षात्मक ।

Comments
Post a Comment