१० जुवाडेविरुद्ध मुद्दा चलाइयो

५ चैत,। जिल्ला प्रहरी कार्यालय चितवनले १० जुवाडेविरुद्ध जुवा ऐन-२०२० अन्तर्गत मुद्दा चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनको सामाजिक विकृति/विसङगतिलाई रोकथाम तथा न्यूनीरण गर्ने उदेश्यले जुवा खेल्ने व्यक्तिहरुलाई पक्राउ गरी मुद्दा चलाइएको हो ।
प्रहरीले भतरपुर नगरपालिकाका विश्राम दराई, दल बहादुर आले, नर बहादुर लामा, मान बहादुर कुमाल, डिल बहादुर श्रेष्ठ, डम्वर बहादुर गुरुङ, देव बहादुर गुरुङ र चुडामणी महतोविरुद्ध मुद्दा चलाएको हो । त्यस्तै, नारायणी नगरपालिकाका ओम गुरुङ र भरतपुर उपमहानगरपालिकाका दुर्गा कुमालविरुद्ध मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।
उनीहरुलाई चितवन जिल्ला अदालतबाट सात दिन म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको छ ।
प्रहरीले भरतपुर महानगरपालिकास्थित नौरंगेका डिल वहादुर गुरुङको घरनजिकै कुखुराको खोरमा तास खेल्दै गरेका १० जुवाडे पक्राउ गरेको थियो ।
जुवाको खालबाट दुई लाख एघार हजार छ सय ८ रुपैयाँ नगद र ४ बुक तास समेत बरामद भएको थियो ।
Onlinekhabar२०७३ चैत ५ गते ८:५८ मा प्रकाशित

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन