कांग्रेस पदाधिकारी बैठक जार

मंसिर १३

                     नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बसिरहेको छ ।
बैठकले संविधान संशोधनको विषयमा धारणा तय गर्ने बताइएको छ ।
मधेसी मोर्चाका दलहरुबीच एकमतता नहुँदा संविधान संशोधन प्रस्ताव दर्ता हुन सकेको छैन । तर, मधेशी मोर्चासहित संघीय गठबन्धनले दिएको अल्टिमेट भने आज सकिँदैछ ।
सरकारले संविधान संशोधनका लागि ४ बुँदे प्रस्ताव तयार पारेको छ । तर, काँग्रेसको बलियो समर्थन र मोर्चाले प्रस्ताव पारित नभएपनि स्थानीय चुनावमा जाने प्रतिबद्धता नजनाएपछि प्रस्ताव दर्ता हुन नसकेको हो । सो प्रस्ताव मन्त्रिपरिषद्मा भने पुगेको छ ।
मधेसी मोर्चाले आज बैठक बसेर आन्दोलनको कार्यक्रम समेतको घोषणा गर्ने तयारी गरेको भनिएको बेला कांग्रेस बैठक बसेको हो ।

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन