निःशुल्क रगत पाउने व्यवस्था गर्न स्वास्थ्यमन्त्री थापाको निर्देशन


१३ मंसिर, 
 । स्वास्थ्यमन्त्री गगन थापाले सर्वसाधारण नागरिकले निःशुल्क रगत पाउने व्यवस्था गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । रक्तदाताले निःशुल्क दिएको रगत सेवाग्राहीलाई शुल्क लिएर वितरण गर्नु मानवीय हिसावले पनि उचित नभएको उनको भनाइ छ ।
रक्त संचार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री थापाले आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने संवैधानिक व्यवस्था अनुसार चल्न निर्देशन दिए ।
रगत निःशुल्क उपलब्ध गराउन ऐन, कानुन संशोधन गर्न परे पनि आफू तयार रहेको उनले स्पष्ट पारे ।
मन्त्री थापाले दशैं तिहार जस्ता चाडपर्वका बेला रगतको अभाव देखिने गरेको भन्दै त्यस्तो अवस्था अन्त्यका लागि राष्ट्रिय अभियान चलाउनुपर्ने धारणा समेत राखे ।

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन