एसपी सरुवामा गृहमन्त्रीले यसरी गरे हस्तक्षेप


मंसिर १३
                 आज प्रकाशित साधु साप्ताहिकले ५९ जना एसपी सरुवामा गृहमन्त्री हावी भएको समाचार प्रकाशित गरेको छ
समाचारमा छ,
नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्याललाई २०७३ मंसिर २ गतेभित्रै पदच्यूत गरेर अर्यालपीडित राजेन्द्र सिंह भण्डारीलाई ३ महिनाका लागि नेपाल प्रहरीको आइजीपी बनाउन कैलाश सिरोहियाको जोडबलमा नेताहरु सक्रिय थिए । आइजीपी अर्याललाई पदच्यूत गरेपछि सो पदमा एआईजीपी सुरेन्द्रबहादुर शाहलाई जसरी पनि आईजीपी बनाउने खेलमा प्रहरीका ठेकेदार दीपक भट्ट गिरोह पनि सक्रियतापूर्वक लागेको थियो । आफ्नै पद धरापमा परेको बेलामा जुनसुकै शर्त स्वीकारेर भएपनि ८५ दिन २०७३ फागुन २ गतेसम्म आईजीपीको पद जोगाउन प्रहरी संगठनको सरुवा नीति र परम्परा लत्ताएर गृहमन्त्री विमलेन्द्र नीधिसमक्ष आत्मसर्मपण गरेर उपेन्द्रकान्त अर्यालले ५९ एसपीहरुको मनपरी सरुवा २०७३ मंसिर ५ गते हतार हतार गरेका छन् । यस सरुवामा विभागीय प्रमुख भन्दा गृहमन्त्री निधि हावी भएर प्रहरी फोर्समा ठाडो हस्तक्षेप गरी प्रहरी अधिकृतहरुको मोर डाउन गर्ने गरेको गुनासो व्यापक रहेको छ ।

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन