मनाङ प्राकृतिक सुन्दरता र मनोरम दृश्यका कारण मुलुकमा मात्रै नभई विश्वमै परिचित छ

विश्वविख्यात अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा बार्षिक रुपमा हजारौं स्वदेशी तथा विदेशी पर्यटकरु पुग्ने गर्दछन् । ५ हजार ४ सय १६ मिटर अग्लो थोराङ भञ्ज्याङ र ४ हजार ९ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल आज विश्वको आश्चर्यजनक गन्तब्य बन्न सफल भएको छ । कुम जोडेर बसेका अग्ला सेता हिमालले पदमार्गमा आएका पर्यटकहरुलाई झनै मोहित पारिदिएको छ । प्राकृतिक दृष्टिकोणले अत्यन्तै धनी मानिएको मनाङको विकासमा भने राज्य उदासिन छ । मनाङको पर्यटन विकासमा राज्यले करोडौं खर्च गरेर खरबौं आम्दानी गर्न सक्ने भएपनि त्यसो भने हुन सकिरहेको छैन् । मनाङी जनताको सम्बृद्धिसँग जोडिएको ६५ किलोमिटर लामो बेसीशहर–चामे सडकको कालोपत्रे मनाङी जनताको एक मात्र माग रहेको छ राज्यसँग । बार्षिक रुपमा हजारौं स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने यो सडक सरकारको बाटो कुरेर बसेको छ - See more at: http://www.lamjungdaily.com/2016/11/28/4947/#sthash.GRnKVtU9.dpuf

विश्वविख्यात अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा बार्षिक रुपमा हजारौं स्वदेशी तथा विदेशी पर्यटकरु पुग्ने गर्दछन् । ५ हजार ४ सय १६ मिटर अग्लो थोराङ भञ्ज्याङ र ४ हजार ९ सय १९ मिटर उचाइमा…
lamjungdaily.com
मनाङ पर्यटकिय संभावना बोकेको जिल्ला भएकोले यहाँ पर्यटन ब्यवसाय गर्ने ब्यवसायीहरुमा कुनै निराशा भने छैन् । राज्यले यस्ता पर्यटकिय संभावनाहरुको संरक्षणमा चासो दिएर लगानी गर्न सकेको खण्डमा करोडौं लगानी गरेर ब्यापार ब्यवसाय संचालन गरेका ब्यवसायीहरुमा राहत मिल्ने थियो ।

जिल्लाको पर्यटन क्षेत्रको विकासका निम्ति यहाँका ब्यवसायीहरुको ठूलै योगदान रहेको छ । पदमार्गमा आउने विदेशी पर्यटकहरुको लागि यहाँका ब्यवसायीहरुले लमजुङ सदरमुकाम बेसीशहरबाट भरिया र खच्चडको सहायताबाट ३-४ दिन लगाएर सामान मनाङसम्म ल्याइने गरिन्थ्यो । यस्तो समस्या भोग्दै निरन्तर रुपमा ब्यवसाय गर्दै आएका ब्यवसायीहरुले भने अहिले मनाङसम्म मोटर चल्न थालेपछि राहतको अनुभव गर्न पाएका छन् ।

जिल्लाको ताल, धारापानी, दानाक्यु, तिमाङ, थानचोक, चामे, ढिकुरपोखरी, पिसाङ, हुम्डे, भ्राका, मनाङ, खाङ्सार, घ्यारु, ङावल, तिलिचो बेशक्याम्प, थोराङ फेदी लगायत दर्जन बढि स्थानमा करोडौं लगानीका स्तरिय होटलहरु संचालन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सेवा दिइरहेका छन् । राज्यले रातदिन पर्यटकहरुलाई सेवा दिदै आएका यस्ता पर्यटन ब्यवसायीलाई सुरक्षा दिन आवश्यक छ ।
पिक सिजनमा दैनिक ५ सयदेखि ७ सयको हाराहारीमा पर्यटकहरु पदमार्गमा आउने हुनाले यहाँका पर्यटन ब्यवसायहरु खुसी छन् । तर राज्यले ब्यवसायीहरुलाई भने खासै जस भने दिनसकेको छैन् । जिल्लामा भएको उद्योग बाणिज्य संघले उद्योगी ब्यवसायीहरुको सबै माग र हकहितको काम गर्न नसकेपनि उनिहरुलाई समय समयमा परामर्श र राज्यलाई तिर्नुपर्ने करको बारेमा जानकारी गराइरहेको छ । जिल्लाभरी २ सय उद्योगी ब्यवसायीहरु संघमा आबद्ध भएर आफ्नो ब्यापार ब्यवसाय अघि बढाइरहेकमा छन् ।
नेपालमा बढ्दै गएको पर्यटन व्यवसाय र व्यापारले गर्दा अहिले मनाङ जिल्लाको अवस्था बदलिएको छ । दैनिक सयौंको संख्यामा पर्यटकहरू लमजुङको बेसिशहर हुँदै पैदल यात्रामा मनाङका हिमश्रृखंलाको दृष्यावलोकन गर्दै थोराङ भञ्ज्याङ हुदै मुस्ताङ जिल्लाको मुक्तिनाथ भएर पोखरा पुग्नेको संख्या बढदै छ ।
चाहेजस्तो खेतीपाती नहुने यो जिल्लामा चम्केको व्यवसाय नै पर्यटन हो । साहसिक पदमार्ग परेकै कारण यहाँ बर्षेनी हजारैं पर्यटक आउँछन् । तिनै पर्यटकलाई सेवा दिएर आम्दानी गर्न सकिएको छ यहाँ । ‘अन्नपूर्ण फेरो’ अर्थात राउण्ड अन्नपूर्ण पदमार्गको अधिकांश भाग मनाङमा पर्छ । लमजुङको बेसीसहरबाट शुरु हुने बाटोमा सबैभन्दा रोमाञ्चक यात्राको बिन्दु हो– थोराङ भञ्ज्याङ । ५ हजार ४ सय १६ मिटर अग्लो थोराङ मनाङको अन्तिम सीमा पनि हो । बेसीसहरदेखि थोराङ पुग्न कम्तिमा एक साता लाग्छ । अहिले भने मनाङको खाङसारसम्म मोटरबाटो पुगेको छ ।
- See more at: http://www.lamjungdaily.com/2016/11/28/4947/#sthash.GRnKVtU9.dpuf
विश्वविख्यात अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा बार्षिक रुपमा हजारौं स्वदेशी तथा विदेशी पर्यटकरु पुग्ने गर्दछन् । ५ हजार ४ सय १६ मिटर अग्लो थोराङ भञ्ज्याङ र ४ हजार ९ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल आज विश्वको आश्चर्यजनक गन्तब्य बन्न सफल भएको छ । कुम जोडेर बसेका अग्ला सेता हिमालले पदमार्गमा आएका पर्यटकहरुलाई झनै मोहित पारिदिएको छ । प्राकृतिक दृष्टिकोणले अत्यन्तै धनी मानिएको मनाङको विकासमा भने राज्य उदासिन छ । मनाङको पर्यटन विकासमा राज्यले करोडौं खर्च गरेर खरबौं आम्दानी गर्न सक्ने भएपनि त्यसो भने हुन सकिरहेको छैन् । मनाङी जनताको सम्बृद्धिसँग जोडिएको ६५ किलोमिटर लामो बेसीशहर–चामे सडकको कालोपत्रे मनाङी जनताको एक मात्र माग रहेको छ राज्यसँग । बार्षिक रुपमा हजारौं स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने यो सडक सरकारको बाटो कुरेर बसेको छ - See more at: http://www.lamjungdaily.com/2016/11/28/4947/#sthash.GRnKVtU9.dpuf

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन