पोखराकी प्रतिभाशाली मोडल हुन्— मनीषा हमाल । वास्तविक नाम मनीषा भए पनि
उनलाई साथीहरूले आरोमिका ठकुरीका रूपमा चिन्छन् । फेसबुकमा समेत उनलाई
आरोमिका नाममै फेला पार्न सकिन्छ । १९ वर्षीया मनीषा पोखराको बुद्धचौककी
स्थायी बासिन्दा हुन् ।
५ फिट ५ इन्च अग्ली मनीषाले जीवन लुइँटेलको मुख्य भूमिका रहेको चलचित्र ‘लेकसाइड’ मा मोडलकै रूपमा अभिनय गरेकी छिन् । प्लस टुमा अध्ययनरत मनीषा यतिबेला नृत्यको समेत प्रशिक्षण लिइरहेकी छिन् । यसै वर्ष सम्पन्न मिस टिन गण्डकी–२०१५ को उत्कृष्ट पाँचसम्म पुगेर मिस कन्फिडेन्सको उपाधिसमेत जितेकी मनीषा यतिबेला नेपाल्स नेक्सट टप मोडल सिजन–२ मा प्रतिस्पर्धा गरिरहेकी छिन् । काठमाडौं, पोखरा, चितवन तथा बुटवलका मोडलहरूबीचको यो प्रतियोगिताको प्रशिक्षणमा जुटेकी मनीषाले भविष्यमा सुपरमोडल बन्ने लक्ष्य लिएकी छिन् । मोडलिङमा स्थापित भएपछि चलचित्रमा आउने उनको चाहना छ ।
वन पिस पहिरनकी पारखी मनीषा फुर्सदमा नृत्य गर्न रुचाउँछिन् । विकेन्डमा साथीहरूसँग घुमघाम गर्ने मनीषा प्रेम तथा विवाहका बारेमा अहिलेसम्म केही नसोचेको बताउँछिन् । ‘साथीहरूको ब्रेकअप देखेरै प्रेम भन्ने शब्दबाट वाक्क छु’, एउटा जिज्ञासामा मनीषाले भनिन्
— ‘करियर फस्र्ट भन्ने मान्यतामा अघि बढेकीले पनि अरू कुरामा ध्यान दिन्नँ ।’

Comments
Post a Comment