Posts

Showing posts from November, 2016

म नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा छु: प्रधानमन्त्री

मंसिर – १३ । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा भएको बताएका छन् । साेमबार धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २२औँ दीक्षान्त समारोहमा उनले समृद्धिका लागि स्थिर राजनीतिक सरकार आवश्यक रहेकाे बताए। नेपाली समाजमा अहिले पनि शिक्षित, सभ्य र योग्य व्यक्तिको अभाव भएको औँल्याउँदै प्रधानमन्त्री दाहालले समाजको निम्ति उपयोगी काम गर्न महत्वकाङ्क्षी योजना लिएर अघि बढ्न विद्यार्थीलाई आग्रह गरे । उनले भने – “तपाईंहरुले हासिल गरेको सीप र क्षमता दुर्गम क्षेत्रमा पीडामा रहेका जनताप्रति समर्पित गर्नुहोस् ।” प्रधानमन्त्री दाहालले दीक्षितबाट सरकारले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै विद्यार्थीको जीवनको नयाँ अध्याय सुरु भएको बताए। भारतको सेन्टर फर पोलिसी रिसर्चका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी प्रा डा प्रताप भानु मेहताले मौलिक अधिकार उपयोगको चुनौती देखिन लागेको बताए । काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठले निश्चित योजना बनाएर आफ्ना विशेषताको उपयोग गर्न विद्यार्थीलाई सुझाव दिँदै हर

नेपाललाई श्रीलंकाको चुनौती

Image
मंसिर १३ । इसीसी वुमेन्स एशिया कपमा आज नेपाल र श्रीलंका आमने सामने हुने भएका छन् । दुबै देशको समान हैसियतका हुनेछन् । थाइल्याण्डको बैककमा भइरहेको प्रतियोगितामा नेपाल पहिलो खेलमा पाकिस्तानसंग ९ विकेटले पराजित भएको थियो । उपाधिको दाबेदार मानिएको पाकिस्तानले लगातार दोस्रो खेलमा जित हासिल गर्ने क्रममा आइरवार श्रीलंकालाई ९ विकेटले पराजित गरेको थियो । तर श्रीलंकाले पाकिस्तानसँगको खेलमा ८ विकेट गुमाई १ सय १२ रन बनाएको थियो । जवकी पाकिस्तानसंग नेपाल शनिबार १८. १ ओभरमा ४७ रनमै अलआउट भएको थियो । त्यसैले श्रीलंका आजको खेलमा दाबेदार छ । प्रशिक्षक राजु बस्न्यात नेपालको लक्ष्य श्रीलंक र बंगलादेश मध्ये एक टेष्ट राष्ट्रलाई पारजित गर्ने रहेको बताउँदै थाइल्याण्ड लागेको खबर आजको कान्तिपुरले प्रकाशित गरेको छ ।

किन पोल्छ पिसाब ?

डा. दीपक रौनियार २०७३ मङ्सिर १३ सोमबार शरीरमा रहेको अनावश्यक तत्व पिसाब र पसिनाका माध्यमबाट बाहिर निस्किन्छन् । साधारण अर्थमा मिर्गौलाको माध्यमद्वारा शरीरमा रहेका विकारपदार्थ बाहिर निकाल्ने प्राकृतिक प्रक्रिया पिसाब हो । पिसाब महसुस भएको एक, दुई मिनेटभित्रै फ्याँक्नुपर्छ । पिसाब थैलीमा पिसाब भरिनेबित्तिकै स्नायुप्रणालीको संकेतमार्फत मस्तिष्कमा जानकारी पुग्छ र पिसाब फेर्न मन लाग्छ । सामान्यतया एक दिन अर्थात् चौबीस घण्टाको अवधिमा स्वस्थ मानिसको शरीरमा १५ सय देखि २ हजार मिलिलिटर पिसाब बन्छ । तर, पानी कम खाने वा धेरै खानेमा यो संख्यामा केही तलमाथि हुनसक्छ । स्वस्थ मानिसको पिसाब थैलीको क्षमता भनेको २ सयदेखि ३ सय मिलिलिटरसम्मको हुन्छ । उक्त थैली भरिनेवित्तिकै मानिसलाई पिसाब फेर्न मन लाग्छ । सोझो अर्थमा हेर्दा पनि औस

पाठेघरको अप्रेसन गर्दा आन्द्रा काटिएपछि बीरगञ्जमा एक महिलाको मृत्यु

Image
                            बीरगञ्जको गण्डक स्थित बीरगञ्ज हेल्थ केयर हस्पिटलमा चिकित्सकको लापरवाहीका कारण सोमबार विहान एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पताल घेराउ गरेका छन् । पाठेघरको समस्या देखिएपछि उपचारका लागि बीरगञ्ज हेल्थ केयर अस्पताल भर्ना भएकी रघुनाथपुर २ बाराकी २५ बर्षीय नजमुज नेसाको पाठेघरको अप्रेसन गर्दा आन्द्रा काटिएपछि मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेको हो । पाठेघरको समस्या देखिएपछि उनलाई बीरगञ्ज हेल्थ केयर भर्ना गरिएको थियो भने उनको अप्रेसन डा. अनामिका झाले गरेकी थिईन । एक पटकमा अप्रेसन सफल नभएपछि दोहो¥याएर अप्रेसन गरेको अहेब समेत रहेका मृृतकका श्रीमान अहमद हुसेनले बताउनु भयो । दोस्रो अप्रेसन पश्चात दिसा निस्कने आन्द्रा काटिएको आफुले थाहा पाएपछि डाक्टरलाई खबर गर्दा समेत समयमा डाक्टर उपस्थित नहँुदा मृत्यु भएको अहेव हुसेनको आरोप छ । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ । अप्रिय घटना घटन नदिन व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी पर्साले जनाएको छ । घटना पछि अस्पतालका चिकिस्तकहरु क्ष

निःशुल्क रगत पाउने व्यवस्था गर्न स्वास्थ्यमन्त्री थापाको निर्देशन

१३ मंसिर,   । स्वास्थ्यमन्त्री गगन थापाले सर्वसाधारण नागरिकले निःशुल्क रगत पाउने व्यवस्था गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । रक्तदाताले निःशुल्क दिएको रगत सेवाग्राहीलाई शुल्क लिएर वितरण गर्नु मानवीय हिसावले पनि उचित नभएको उनको भनाइ छ । रक्त संचार दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री थापाले आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने संवैधानिक व्यवस्था अनुसार चल्न निर्देशन दिए । रगत निःशुल्क उपलब्ध गराउन ऐन, कानुन संशोधन गर्न परे पनि आफू तयार रहेको उनले स्पष्ट पारे । मन्त्री थापाले दशैं तिहार जस्ता चाडपर्वका बेला रगतको अभाव देखिने गरेको भन्दै त्यस्तो अवस्था अन्त्यका लागि राष्ट्रिय अभियान चलाउनुपर्ने धारणा समेत राखे ।

प्रेम र द्वन्द्वको 'किङ', मोशन पोस्टर रिलिज

Image
पौष २९ मा रिलिज हुने फिल्म 'किङ'को पोस्टर सार्वजनिक गरिएको छ । एकसाथ सार्वजनिक दुई पोस्टरमा प्रेम र द्वन्द्व भेटिन्छ ।    पहिलो पोस्टरमा अभिनेता निखिल उप्रेती र अभिनेत्री वेनिशा हमालको प्रेमिल भाव भेटिन्छ भने दोश्रो पोस्टरमा निखिल र वेनिशासँगै अर्का अभिनेता अनुपबिक्रम शाहि पनि आक्रोशित मुद्रामा जोडिएका छन्    जगन श्रेष्ठको प्रस्तुतीमा तयार  ‘किङ’लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा निखिल उप्रेती, अनुपबिक्रम शाही, वेनिशा हमालसँगै, प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ लिड अभिनयमा छन् । फिल्मका निर्माता जयन श्रेष्ठ हुन् ।

कांग्रेस पदाधिकारी बैठक जार

Image
मंसिर १३                      नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बसिरहेको छ । बैठकले संविधान संशोधनको विषयमा धारणा तय गर्ने बताइएको छ । मधेसी मोर्चाका दलहरुबीच एकमतता नहुँदा संविधान संशोधन प्रस्ताव दर्ता हुन सकेको छैन । तर, मधेशी मोर्चासहित संघीय गठबन्धनले दिएको अल्टिमेट भने आज सकिँदैछ । सरकारले संविधान संशोधनका लागि ४ बुँदे प्रस्ताव तयार पारेको छ । तर, काँग्रेसको बलियो समर्थन र मोर्चाले प्रस्ताव पारित नभएपनि स्थानीय चुनावमा जाने प्रतिबद्धता नजनाएपछि प्रस्ताव दर्ता हुन नसकेको हो । सो प्रस्ताव मन्त्रिपरिषद्मा भने पुगेको छ । मधेसी मोर्चाले आज बैठक बसेर आन्दोलनको कार्यक्रम समेतको घोषणा गर्ने तयारी गरेको भनिएको बेला कांग्रेस बैठक बसेको हो ।

प्रदेश नटुक्र्याउन माग गर्दै रोल्पा बन्द

रोल्पा, १३ मङ्सिर । संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले आज आधा दिन जिल्ला बन्द गरेका छन् । यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको विरोध जुलुसले एक घन्टे चक्काजामसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइ सकेका छन् । सोमबार बिहानैदेखि रोल्पाका लामो तथा छोटो दूरीका सवारीसाधन गुडेका छैनन् भने बजार, होटल,विद्यालय र उद्योगधन्दा पनि ठप्प रहेका छन् । रोल्पालाई टुक्र्याउन नदिन सप्ताहव्यापी आन्दोलन गरिएको अखण्ड ५ नम्बर प्रदेश सरोकार समितिका सदस्य सचिव महेश न्यौपाने बताउनुभयो । आन्दोलनकारीको माग नसुनी जबर्जस्ती गर्न खोजिए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने सरोकार समितिले बताएको छ ।

सीतापाइला-नौबिसे सुरुङ निर्माणको ढोका खुल्यो, जापानले दिने १७ अर्ब ऋण स्वीकृत

Image
१२ मंसिर, काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्य नाका सीतापाइला- नौबिसे सुरुङ निर्माणका लागि जापानले १७ अर्ब रुपैयाँ ऋण दिने भएको छ । योसँगै नेपालमै पहिलोपटक सडकमा आधारित सुरुङमार्ग निर्माणको प्रक्रिया सुरु हुनेछ । मन्त्रिपरिषद्को आइतबारको बैठठकले सुरुङ मार्ग निर्माणका लागि जापान सरकारले दिएको १७ अर्ब ऋण सहायता स्वीकार गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए । \ काठमाडौं सितापाइलाबाट धादिङको नौबिससम्मको यो सुरुङ मार्ग २.६ किलोमिटर लम्बइको हुनेछ । यसका लागि लाग्ने रकम टुंगो भएको छैन । तर, २२ अर्ब रुपैयाँमा बन्ने अर्थ मन्त्रालयको अनुमान छ । ऋणबाहेक बाँकी रकम भने सरकार आफैंले बेहोर्नेछ । जापानले २ वर्षअघि नै सुरुङमार्ग निर्माण्का लागि ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । अब अर्थमन्त्रालयले ऋणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेछ । निर्माण्को प्रक्रिया सुरु हुँदैछ । राजधानीको मुख्य प्रवेशद्वार नागढुंगालाई छिचोल्दै सुरुङ निर्माण भएपछि ट्राफिक जामको समस्या समधान हुनेछ । अहिले सवारीको सर्वाधिक चाप हुने कलंकी-नागढुंगा-नौबिसे म
Image
बिकिनीमा वर्षा मिस इन्टरनेसनल नेपालको उपाधि चुमेपछि थारू समुदायबाट उदाएकी मोडल वर्षा लेखीले बधाईको ‘वर्षा’ पाइन् । हालै उनी नेपालको प्रतिनिधित्व गर्दे मिस इन्टरनेसनलमा सहभागी हुन जापान गइन् । उनले त्यहाँ आफ्नो बिकिनी अवतार समेत देखाइन् । ६९ वटा देशका प्रतिस्पर्धी सहभागी प्रतियोगितामा आफ्नो देशलाई चिनाउन पाउँदा वर्षा दंग छिन् । ‘मैले प्रतियोगितामा आफ्नो थारू पहिरन पहिरिएँ, सहभागी दर्शकले गरगहनाको तारिफ पनि गरे,’ उनले भनिन् । उनले त्यहाँ नेपाली झ्याउरे नृत्य प्रस्तुत गरेको बताइन् । उनी जापानको राष्ट्रिय पोशाक ‘किमोनो’ लगाएर पनि ¥याम्पमा उत्रिएकी थिइन् ।
Image
पोखराकी प्रतिभाशाली मोडल हुन्— मनीषा हमाल । वास्तविक नाम मनीषा भए पनि उनलाई साथीहरूले आरोमिका ठकुरीका रूपमा चिन्छन् । फेसबुकमा समेत उनलाई आरोमिका नाममै फेला पार्न सकिन्छ । १९ वर्षीया मनीषा पोखराको बुद्धचौककी स्थायी बासिन्दा हुन् । ५ फिट ५ इन्च अग्ली मनीषाले जीवन लुइँटेलको मुख्य भूमिका रहेको चलचित्र ‘लेकसाइड’ मा मोडलकै रूपमा अभिनय गरेकी छिन् । प्लस टुमा अध्ययनरत मनीषा यतिबेला नृत्यको समेत प्रशिक्षण लिइरहेकी छिन् । यसै वर्ष सम्पन्न मिस टिन गण्डकी–२०१५ को उत्कृष्ट पाँचसम्म पुगे र मिस कन्फिडेन्सको उपाधिसमेत जितेकी मनीषा यतिबेला नेपाल्स नेक्सट टप मोडल सिजन–२ मा प्रतिस्पर्धा गरिरहेकी छिन् । काठमाडौं, पोखरा, चितवन तथा बुटवलका मोडलहरूबीचको यो प्रतियोगिताको प्रशिक्षणमा जुटेकी मनीषाले भविष्यमा सुपरमोडल बन्ने लक्ष्य लिएकी छिन् । मोडलिङमा स्थापित भएपछि चलचित्रमा आउने उनको चाहना छ । वन पिस पहिरनकी पारखी मनीषा फुर्सदमा नृत्य गर्न रुचाउँछिन् । विकेन्डमा साथीहरूसँग घुमघाम गर्ने मनीषा प्रेम तथा विवाहका बारेमा अहिलेसम्म केही नसोचेको बताउँछिन् । ‘साथीहरूको ब्रेकअप देखेरै प्रेम भन्ने शब्दब

आज सकिदैछ गठबन्धनको अल्टिमेट, त्यसपछि हुन्छ के ?

मंसिर १३        सत्तारुढ दलका नेताहरुको धेरै ठूलो प्रयासपछि पनि संविधान संशोधन प्रस्ताव दर्ता हुन सकेको छैन । तर, मधेशी मोर्चासहित संघीय गठबन्धनले दिएको अल्टिमेट भने आज सकिँदैछ । सरकारले संविधान संशोधनका लागि ४ बुँदे प्रस्ताव तयार पारेको छ । तर, काँग्रेसको बलियो समर्थन र मोर्चाले प्रस्ताव पारित नभएपनि स्थानीय चुनावमा जाने प्रतिबद्धता नजनाएपछि प्रधानमन्त्री प्रस्ताव दर्ता गर्न डराएका छन् । यही राजनीतिक दाउपेचकावीच संघीय गठबन्धनले यस अघि दिएको १५ दिने अल्टिमेट आज सकिँदैछ । प्रधानमन्त्रीले यो प्रस्तावमा सत्तारुढ दल काँग्रेस र असन्तुष्ट मोर्चाको बलियो समर्थन भएमात्र प्रस्ताव अगाडि बढाउने मूड बनाएका छन् । काँग्रेसका सभापति शेरबहादुर देउवाले त आइतवार नै संसद्मा दर्ता हुने संविधान संशोधन प्रस्तावलाई मधेसी मोर्चाले पनि समर्थन गर्ने दावी गरेका थिए । पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति आन्दोलनका अगुवाले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको विषय अन्तिम चरणमा पुगेको र सत्ता पक्षमा भएका सबै दलसँग छलफल गरेर त्यसलाई टुङ्ग्याइने बताएका थिए ।

चीन र भारत गएका पूर्वराजा स्वदेश फर्

Image
३ साता लामो सिंगापुर भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित काठमाडौं फर्किएका छन्। गत कात्तिक २३ गते सिंगापुर गएका उनी हिजो फर्किएको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ। उनको साथमा निजीसचिव सागर तिमल्सिना, हिमानी ट्रस्टको निर्देशक श्री मल्ल, हिमानीको स्पकिय सचिव स्मिता सिंह, ज्ञानेन्द्रको सहयोगीसहितको टोलि हिजो फर्किएको हो। सिंगापुरबाट उनी चीन र भारत समेत गएका थिए। भ्रमणको चाँजोपाँचो हिमानीले मिलाएकी थिइन।

संविधान संशोधनबारे बाबुराम र उपेन्द्रको संयुक्त विज्ञप्ति

Image
                                                         नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमले संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैंगिक, भाषिक, साँस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावहरुलाई अन्त्य गरिनुपर्ने संयुक्त धारणा सार्वजनिक गरेको छ । आज नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा। बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधान संशोधनको विषयमा संयुक्त धारणा सार्वजनिक गरेका हुन् । जारी वक्तव्यमा उल्लेख गरिएको छ – ‘मधेशी, थारु, आदिवासी जनजाति, खस, मुस्लिम, शिल्पी –दलित, उत्पीडित, उपेक्षित र अल्पसंख्यक समुदाय तथा पिछडिएका क्षेत्र लगायतका समस्याहरुलाई सम्बोधन गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, पहिचानमा आधारित गठबन्धन, संयुक्त प्रादेशिक मोर्चाहरु समेत सम्मिलित संघीय गठबन्धनले उठाएका राष्ट्रिय मुद्दाहरु खासगरी – राष्ट्रिय पहिचानको मान्यता, अधिकारसहितको संघीयता, पूर्ण समानुपातिक प्रतिनिधित्व हुने संसद्, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, राज्यका सबै अंगम

लमजुङमा पनि आज बाला चतुर्दशी पर्व:मृगस्थलीमा सत्वीज छरी बाला चतुर्दशी पर्व मनाइँदै

१३ मंसिर । मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको संकल्पसहित दीपदान र चतुर्दशीका दिन बिहान मृगस्थलीमा सत्वीज छरी बाला चतुर्दशी पर्व मनाइँदै छ । यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासमा आइतबार बेलुकीदेखि नै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

अस्ट्रेलियामा छायांकन गरिएको ‘गोरेटो’ भिडियो सार्बजनिक

Image
पछिलो समय नेपाल बाहिर बसेर पनि नेपाली गीत संगीतको छेत्रमा अनबरत लाग्ने व्यक्तिहरु बढ्दै गएका छन् त्यहि मध्येको एक हुन् सुमधुर स्वरकी धनि गायिका ‘अबुन पाण्डे’ । गायिका पाण्डेले आफ्नै शब्दमा तथा स्वरमा ‘गोरेटो’ गीत को म्युजिक भिडियो सार्बजनिक गरेकी छिन । भिडियोलाई अस्ट्रेलियाको ‘कुइन्स ल्याण्ड’ सहरको बिभिन्न रमणीय स्थानमा अष्ट्रेलियन प्राबिधिकहरुद्वारा अत्याधुनिक ‘ड्रोन’ को प्रयोग गरि छायांकन गरिएको थियो । जसको निर्माणको क्रममा निर्देशक जीवन रसाइली सहितको टोलीले २/३ दिन लगातर मिहेनेत गरेका थिए ।

एसपी सरुवामा गृहमन्त्रीले यसरी गरे हस्तक्षेप

Image
मंसिर १३                  आज प्रकाशित साधु साप्ताहिकले ५९ जना एसपी सरुवामा गृहमन्त्री हावी भएको समाचार प्रकाशित गरेको छ समाचारमा छ, नेपाल प्रहरीका आइजीपी उपेन्द्रकान्त अर्याललाई २०७३ मंसिर २ गतेभित्रै पदच्यूत गरेर अर्यालपीडित राजेन्द्र सिंह भण्डारीलाई ३ महिनाका लागि नेपाल प्रहरीको आइजीपी बनाउन कैलाश सिरोहियाको जोडबलमा नेताहरु सक्रिय थिए । आइजीपी अर्याललाई पदच्यूत गरेपछि सो पदमा एआईजीपी सुरेन्द्रबहादुर शाहलाई जसरी पनि आईजीपी बनाउने खेलमा प्रहरीका ठेकेदार दीपक भट्ट गिरोह पनि सक्रियतापूर्वक लागेको थियो । आफ्नै पद धरापमा परेको बेलामा जुनसुकै शर्त स्वीकारेर भएपनि ८५ दिन २०७३ फागुन २ गतेसम्म आईजीपीको पद जोगाउन प्रहरी संगठनको सरुवा नीति र परम्परा लत्ताएर गृहमन्त्री विमलेन्द्र नीधिसमक्ष आत्मसर्मपण गरेर उपेन्द्रकान्त अर्यालले ५९ एसपीहरुको मनपरी सरुवा २०७३ मंसिर ५ गते हतार हतार गरेका छन् । यस सरुवामा विभागीय प्रमुख भन्दा गृहमन्त्री निधि हावी भएर प्रहरी फोर्समा ठाडो हस्तक्षेप गरी प्रहरी अधिकृतहरुको मोर डाउन गर्ने गरेको गुनासो व्यापक रहेको छ ।

श्याम भन्छन् ‘रञ्जना संग डिभोर्स माग्दा मार्ने धम्की आयो’

Image
 फिल्मीबजार,१२ मङ्सिर २०७३ काठमाण्डौ नायीका रञ्जना शर्मा संग सम्बन्ध बिच्छेद माग्दा मार्ने धम्की दिएको निर्देशक श्याम भट्टराईले दाबी गरेका छन् । सात वर्षदेखि अलग अलग बस्दै आएका यो जोडीले फिल्म मौषममा संगै काम गरेका थिए । श्यामले केहीदिन अघि एक अन्तर्वर्तामा करीब सात वर्षदेखि आफुहरु अलग अलग बस्दै आएको र रञ्जनाले डिभोर्स नदिदा आफुले अर्को घरजग गर्न नपाएको बताएका थिए । सोही अन्तर्वार्तामा रञ्जना सम्बन्ध बिच्छेद नदिएर आफु पिडित भएको अन्तर्वार्ता दिएपछि नेपालबाट रञ्जनाले फोन गरेर मार्ने धम्की दिएको निर्देशक भट्टराईले फेसबुकमा सार्बजनिक गरेका छन् । केही फिल्ममा काम गर्दा गर्दै प्रेम बिहे गरेकी रञ्जना अमेरीका बस्दै आएकी थिइन् भने निर्देशक श्याम केही समय अघिमात्र अमेरीका पुगेका हुन् । यसबारे रञ्जनाको भने आफुले कसैलाई धम्की नदिएको बताएकी छन् । Read more at: http://www.filmybazar.com/2016/11/27/shyam-ranjana/ सोही अन्तर्वार्तामा रञ्जना सम्बन्ध बिच्छेद नदिएर आफु पिडित भएको अन्तर्वार्ता दिएपछि नेपालबाट रञ्जनाले फोन गरेर मार्ने धम्की दिएको निर्देशक भट्टराईले फेसबुकमा सार्बजनिक गरे

नारायणकाजीमाथि २ लाख डलरको हिसाव नबुझाएको आरेप

मंसिर १३    काठमाडौं –आज प्रकाशित साधु साप्ताहिक ले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विदेश विभागको रकमको हिसाव किताव नदेखाएको समाचार प्रकाशित गरेको छ । समाचारमा छ, ‘नमच्निे पीङको सय झ्डका’ भनेजस्तो कुरा मात्र ठूला गर्ने तर काम सिन्को नभाच्ने गरेको आरोप आफ्नै कार्यकर्ताबाट खेप्दै आएका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्मालेको विदेश विभागको पारदर्शितमाथि प्रश्न उठाउन थालिएको छ । अरुले गरेको काममाथि चर्को स्वरमा पारदर्शिता खोज्ने नारायणकाजी आफैले सम्मालेको विभागको बर्षौदेखिको हिसाव किताव तथा अन्य गतिविधि पारदर्शी नपारेको भन्दै नेता तथा कार्यकर्ताले प्रश्न गर्न थालेका छन्, अरुको हिसाव खोज्ने काजी कमरेड, विदेश विभागमा थुप्रिएको डलरको हिसाव कसले गर्ने ? माओवादी केन्द्रका अन्य विभाग तथा भाृ संगठनहरु लथालिगं रोगले ग्रस्त भएजस्तै विदेश विभाग पनि लंगडो हुन पुगेपछि नारायणकाजीको पनि गफ रहेछ भन्दै कार्यकर्ताले उडाउन थालेका छन् । माओवादीसँग सम्बन्ध विच्छेद गरेर नयाँ शक्ति बनाएका बाबुरामले प्रवासमा राम्रो संगठन बनाएपनि माओवादी विदेश विभागको काम भने विदेश

मनाङ प्राकृतिक सुन्दरता र मनोरम दृश्यका कारण मुलुकमा मात्रै नभई विश्वमै परिचित छ

Image
विश्वविख्यात अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा बार्षिक रुपमा हजारौं स्वदेशी तथा विदेशी पर्यटकरु पुग्ने गर्दछन् । ५ हजार ४ सय १६ मिटर अग्लो थोराङ भञ्ज्याङ र ४ हजार ९ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल आज विश्वको आश्चर्यजनक गन्तब्य बन्न सफल भएको छ । कुम जोडेर बसेका अग्ला सेता हिमालले पदमार्गमा आएका पर्यटकहरुलाई झनै मोहित पारिदिएको छ । प्राकृतिक दृष्टिकोणले अत्यन्तै धनी मानिएको मनाङको विकासमा भने राज्य उदासिन छ । मनाङको पर्यटन विकासमा राज्यले करोडौं खर्च गरेर खरबौं आम्दानी गर्न सक्ने भएपनि त्यसो भने हुन सकिरहेको छैन् । मनाङी जनताको सम्बृद्धिसँग जोडिएको ६५ किलोमिटर लामो बेसीशहर–चामे सडकको कालोपत्रे मनाङी जनताको एक मात्र माग रहेको छ राज्यसँग । बार्षिक रुपमा हजारौं स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्ने यो सडक सरकारको बाटो कुरेर बसेको छ - See more at: http://www.lamjungdaily.com/2016/11/28/4947/#sthash.GRnKVtU9.dpuf विश्वविख्यात अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा बार्षिक रुपमा हजारौं स्वदेशी तथा विदेशी पर्यटकरु पुग्ने गर्दछन् । ५ हजार ४ सय १६ मिटर अग्लो थोराङ भञ्ज्याङ र ४

वीपी राजमार्ग उच्च जोखिममा

Image
    मंसिर १३           वीपी राजमार्थको केही भाग सुनकोसीको तिरैतिर अवस्थित छ । यही क्षेत्रको विभिन्न स्थानका क्रसर उद्योग खोली राजमार्गको जग खोतल्ने काम बढ्दै गएको छ । अत्यधिक भार भएका टिपर वीपी राजमार्गमै गुड्ने र ठूला उपकरणले सुनकोसी खोतल्ने हँदा राजमार्ग नै जोखिममा परेको स्थानीयले बताएका छन् । कर्मचारीलाई तलब खुवाउन आन्तरिक स्रोतको कमी भएको भन्दै जिल्ला विकास समितिले पनि सुनकोसी उत्खनन गर्ने र क्रसर उद्योग राख्ने अनुमति दिँदै आएका छन् । ठूला ठेकेदारले र्कचारीलाई समेत कमिसन दिएकाले जहाँ पनि क्रसर राखी राजमार्गको जग खोतल्न जिविसले नै अनुमति दिन थालेको स्थानीयको आरोप छ । आजको नागरिक दैनिकमा खबर छ ।

बिहानै ५.६ म्याग्निच्युडकाे भूकम्पको धक्क

Image
  १३ मङि्सर २०७३ काठमाडौं— सोमबार बिहानै शक्तिशाली भूकम्पको धक्का अनुभव गरिएको छ। रामेछाप र साेलुखुम्बुकाे सीमामा केन्द्रविन्दू भएर गएकाे साे परकम्प ५.६ म्याग्निच्युडकाे भएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ। काठमाडौं उपत्यकाका तथा पूर्वका जिल्लाहरुमा यसकाे धक्का अनुभव गरिएको छ। भूकम्पका कारण राजधानीबासी सबेरै ब्युँझिएका छन्। बिहान ५ः२० मा आएको सो भूकम्प उत्तरपूर्वी भारतमा समेत अनुभव गरिएकाे छ। बिहानै भूकम्पकाे धक्काले ब्युँझिएका सर्वसाधारण फेसबुक र ट्विटरमा भूकम्पका अनुभव अपडेट गरिरहेका छन्।

कार्यकर्ताद्वारा फोरम नेता कुटिए, आइसीयुमा राखेर उपचार हुँद

Image
कार्यकर्ताद्वारा फोरम नेता कुटिए, आइसीयुमा राखेर उपचार हुँदै - काठमाडौं - संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मृत्युञ्जय झामाथि आफ्नै पार्टीबाट कारबाहीमा परेका कार्यकर्ताले विराटनगरमा संघातिक आक्रमण गरेका छन् । ratopati.com

बिहानको भूकम्पको धक्काले पोखरामा घर भत्कियो

Image
बिहानको भूकम्पको धक्काले पोखरामा घर भत्कियो पोखरा – सोमवार विहान ५ बजेर २० मिनेटमा गएको भूकप्पले कास्कीको लेखनाथमा एक घर भत्किएको छ । ratopati.com

प्रदेश ‘ख’ मा गुरुङ लमजुङ विजयी

Image
मङ्सिर २३, लमजुङ । नेकपा एमालेका सचिव समेत रहेका संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ लमजुङ प्रदेश ‘ख’ बाट प्रदेशसभा सदस्यमा निवाचित भएका छन् । आफना प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस लमजुङका निवर्तमान सभापति कृष्णप्रसाद कोईरालालाई ७ हजार ९ सय ८६ मतको फराकिलो अन्तरले पराजित गर्दै गुरुङ विजयी भएका हुन् । गुरुङले २३ हजार ८८ मत प्राप्त गरे । प्रतिद्वन्द्वी कोईरालाले भने १५ हजार १ सय २ मत पाए । प्रदेश सभा ‘ख’ मा कुल ४० हजार ३ सय ८५ मत खसेको थियो । जसमा ३९ हजार ४ सय ४७ मत सदर भएको छ भने, ८ सय ७८ मत बदर भएको छ । विजयीको औपचारीक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले जानकारी दिए । निर्वाचित भएका गुरुङलाई प्रदेश नं. ४ को भावि मुख्यमन्त्रीको रुपमा पनि हेरिएको छ । गुरुङ पूर्व सँस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री समेत हुन् ।

Huawei Mobile

Image
Huawei G Play Mini 5.0 inches IPS LCD with a resolution of 720×1280 pixels HiSilicon Kirin 620 Octa-core 1.2GHz CPU, Mali-450 GPU 8GB internal storage, 2GB RAM, microSD card slot 13MP rear camera with auto-focus and LED flash, 5MP front facing camera Wi-Fi, Bluetooth, 3G, Dual-SIM 2550mAh battery Huawei G Play Mini price in Nepal Huawei G Play Mini price in Nepal: MRP Rs.16,999.00