चुनाव सकेपछि मनाङवासी यार्र्सा संकलनतिर

निरज अधिकारी १० जेठ, मनाङ । पहिलो चरणको स्थानीय निर्वाचनको माहोल सेलाउँदै नपाउँदै मनाङबासीको चासो यार्सा संकलनतिर बढ्न थालेको छ । मनाङका बासीको मौसमी आर्यस्रोत बन्दै आएको यार्सा संकलनका लागी स्थानीयबासी लेकतिर लाग्न थालेका छन् । मनाङबासीहरु बैशाख मसान्तबाटै यार्सा संकलनमा लागेपनि विचमा स्थानीय निकायको चुनावले केहि समय यार्सा संकलन कार्य रोकिएको थियो । जिल्लाको नार, फु, पिसाङ, खाङ्सार, ङावल लगाएतका उच्च क्षेत्रमा यार्चा टिप्ने मौसम सुरु भएपछि स्थानीयबासी भोट हालेर यार्सा संकलनमा लागेका हुन् । पिसाङको लेकमा बैशाख अन्तिम साताबाटै यार्सा संकलन कार्य प्रारम्भ हुने गरेको पिसाङका होटल व्यवसायी पशुपति अधिकारीले बताए । उनले भने, ‘विचमा स्थानीय चुनावले गर्दा यार्सा संकलन कार्य रोकियो, अहिले संकलन कार्य पुन सुचारु भएको छ ।’ बहुमुल्य जडिबुटी यार्सा टिप्न मनाङबासी मात्र नभई गोरखा, धादिङ, लमजुङ, नुवाकोट लगाएतका जिल्लाबाट समेत नागरिकहरु आफुलाई आवश्यक सामाग्री बोकेर मनाङका लेकतिर उक्लन थालेका छन् । गर्मी मौसमसँगै हिमाली क्षेत्रमा बाक्लो हिउँ पग्लिदै जाने र जमिनबाट झुसिल किरा जस्तै यार्सा उम्रिने गरेको छ । करिब दुई महिनासम्म मनाङमा यार्सा टिप्ने काम हुन्छ । नेपाल सरकारले यार्र्सा व्यवस्थापन निर्देशिका प्रकाशन गरेर विभिन्न मापदण्ड समेत तोकेको छ । जस्मा १६ बर्षभन्दा मुनीका बालबालिकाहरु यार्सा संकलनमा जान नपाउने व्यवस्था छ, तर अधिकांश स्कुले वालवालिका अभिभावक सँगै यार्चा संकलनमा जाने गरेको पाइएको छ । मनाङका लेकमा संकलन गरिएका यार्र्सा आलोमै प्रति पिस ५ सयदेखी एक हजारसम्म मूल्य पर्ने भएकाले सर्वसाधारदेखी व्यापारी आकर्षित हुने गरेका छन् । बेसीशहर–चामे सडकमा सहज रुपमै सवारी चल्ने भएपछि बाहिरी जिल्लाका नागरिकहरु समेत मनाङ उक्लने क्रम बढ्दो छ । यार्चा संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र ईलाका कार्यालय मनाङले बैशाख १५ देखि खुल्ला गर्ने गर्छ । मनाङको थोंचे र धारापानी बाहेक सबै गाबिसमा यार्सा पाईन्छ । यार्सा पाईने भ्राका, खाङ्सार, ङ्वाल, पिसाङ लगायतका स्थानमा यार्चा खोज्न आउनेहरुको भीड छ । उनीहरुलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) द्वारा गठित गाउँस्तरको समितिले संकलकलाई पुर्जी दिने गर्दछ । २०६६ सालमा नारस्थित नम्गेखर्कमा गोरखाका सात जनाको स्थानीयबासीले हत्या गरीदिएपछि मनाङको नार र फु गाबिसमा यार्चा संकलन रोकिएको थियो । त्यहाँ अहिलेपनि स्थानीय बाहेक अन्यलाई प्रतिबन्दनै छ । नार घटना पछि एक्याप मनाङले यार्चा संकलनलाई ब्यवस्थित बनाउँन थालेको छ । अघि बर्षदेखि यार्चा खोज्न आउनेहरुलाई नागरिकताको फोटोकपी र तस्बिर माग्ने गरेको एक्याप मनाङका प्रमुख लालबाबु तिरुवाले बताए । यसले उनीहरुको सहज पहिचान हुने उनको भनाई थियो । साविकका १३ गाबिस रहेको मनाङमा धारापानी र थोंचेबाहेक सबै गाविसमा यार्सागुम्बु पाइन्छ ।

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन