दोर्दी एक नम्बरमा कांग्रेसको प्यानल नै विजयी

निरज अधिकारी १ जेठ, बेसीशहर । लमजुङको दोर्दी गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस विजयी भएको छ । सोमबार दिउँसो सम्पन्न मतगणना अनुसार कांग्रेसले वडा नं. १ मा प्यानसहित विजय हासिल गरेको हो । नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार दरजंङ गुरुङले ६ सय ३४ मत प्राप्त गरे । त्यस्तै नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार ओम बहादुर गुरुङले ३ सय ३७ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेसका महिला सदस्य इन्दिरा गिरी, दलित महिला सदस्य शान्ता विश्वकर्मा र खुल्ला सदस्यमा हरि बहादुर थापा र दिपक अधिकारी सहित प्यानल विजयी भएको छ । उत्त वडाबाट गाउँपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार विच्छ बहादुर गुरुङले ७ सय १९ मत ल्याएका छन् भने एमाले माओवादी गठबन्धनका संयुक्त उम्मेदवार ओम बहादुर गुरुङले २ सय ४८ मत प्राप्त गरेका छन् । जिल्लाका ८ वटै स्थानीय तहमा मतगणना भैरहेको छ । जसमध्ये दुधपोखरीमा नेपाली कांग्रेस, दोर्दीमा नेपाली कांग्रेस, बेसीशहरमा नेपाली कांग्रेस, मध्यनेपालमा नेपाली कांग्रेस, सुन्दरबजारमा नेकपा एमाले, मस्र्याङ्दीमा नेकपा एमाले प्रारम्भिक मतगणनामा अगाडी देखिएको छ । क्होलासोथरमा भने विवादका कारण मतगणना सुरु भएको छैन् ।

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन