Posts

Showing posts from May, 2017

Newari Culture in Nepal

Image
Newari Culture in Nepal :- Nepal is a beautiful country with cultural diversification. People of different caste and religion live here. It is a small country but the culture, tradition is present. One of the beautiful cultures of Nepal is Newari culture followed by Newar. Newar people follow both Hinduism and Buddhism. And, they have their own cultural dress which they wear in many of the occasions. Sponsored Link Newar are very rich in culture as they have the unique living lifestyle. The way of living and celebrating different festivals binds the newar people and brings the feeling of brotherhood and co-operation. From the birth to death, there are several customs, family gathering which is unique and is making the Newari culture rich.Actually, the Newari culture is very vast consisting many castes with a different culture, tradition, and their own values. Newars are regarded as the original inhabitants of the Kathmandu valley but their origins are as a mystery. Their language

नेपाल औषधि लिमिटेडले बनाएको जीवनजल बजारमा, प्रतिप्याकेट ९ रुपैयाँ

Image
१५ जेठ । नेपाल औषधि लिमिटेडले गत वैशाखदेखि उत्पादन गर्न थालेको झाडापखालाको उपचारका लागि प्रयोग हुने जीवनजल सात नं प्रदेशबाट बिक्री वितरण गर्न सुरु गरेको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुवेदीले कम्पनीले पहिलो चरणमा जीवनजल उत्पादन गरी पहिलो बिक्री वितरण साविक सुदूरपश्चिम ७ नं प्रदेशबाट सुरु गरेको बताए । स्वास्थ्य उपचार गर्न पाउने नेपालीको संवैधानिक हक अधिकारको प्रत्याभूति गराउन र कुनै पनि नेपालीले औषधिको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने मनसायले कम्पनीले औषधि उत्पादन गरी बिक्री वितरण सुरु गरेको उनको दावी छ । कम्पनीले उत्पादन गरेको जीवनजल प्रतिप्याकेटको बिक्री रु नौ कायम गरिएको छ । बजारमा पाउने अन्य कम्पनीको जीवनजल प्रतिप्याकेटको मूल्य रु १० रहेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले कायम गरेको कुशल उत्पादन प्रक्रियाको मापदण्ड पालन गर्न नसक्दा लिमिटेडको औषधि उत्पादनको काम गत सात वर्षदेखि बन्द रहेको थियो । उद्योग मन्त्रालयको विशेष पहलमा गएको वैशाखदेखि औषधि उत्पादन सुरु गरिएको कम्पनीका सचिव टीकाराम अर्यालले बताए । लिमिटेडले दोस्रो चरणमा सिटामोल, एम

केपी ओलीको व्यङ्ग्य : सरकारले शिलन्यासको खेती गरिरहेको छ

Image
१४ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले शिलान्यासको खेती मात्रै गरेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री दाहालले आइतबार विहान काठमाडौं निजगढ दु्रतमार्गको शिलान्यास गरेको प्रसंग जोड्दै अध्यक्ष ओलीले कामै नगरेर सरकारले शिलान्यासको खेती मात्रै गरेको व्यङग्य गरे । अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम नभई कुरा मात्रै गरेको दावी समेत गरे । स्थानीय तहको दोस्रो चरणको चुनाव सम्बन्धी युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री दाहाललाई काममा कुनै रुचि नै नरहेको बताए । उनले आफनो पार्टीले मात्रै विकासको अभियान संचालन गर्ने दावी समेत गरे । अनलाइनखबर २०७४ जेठ १४ गते १८:०० मा प्रकाशित

वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न पदक प्रदान गर्ने सरकारको निर्णय

Image
१४ जेठ, काठमाडौं । सरकारले प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न मानपदवी प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकमा नेपाली कांग्रेसका संस्थापक नेता एवं जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई यो पदक प्रदान गर्ने निर्णय गरेको हो । नेपाल रत्न मानपदवी नेपाल सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो पदक हो । गत वर्ष नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न पदक प्रदान गरिएको थियो । २०७४ जेठ १४ गते १८:२२ मा प्रकाशित

थाइराइड कुनै रोग होइन:

Image
डा. ज्योती भट्टराई थाइराइड कुनै रोग होइन । थाइराइड भनेको गलग्रन्थी हो । जसले थाइराइड हर्मोन उत्पादन गर्छ । यसको मुख्य काम भनेको शरीरको मेटाबोलिजम नियन्त्रण गर्ने हो । जसले शरीरलाइृ फर्तिलो बनाउने काम गर्छ । थाइराइड ग्रन्थीबाट उत्पन्न हुने हर्मोनमा घटबढ भएर शरीरमा देखिने समस्यालाई थाइराइड भन्ने गरिएको हो । यो बच्चा देखि बृद्धसम्म जो कसैलाई पनि हुन सक्छ तर पुरुषको तुलनामा महिलामा बढी देखिने हुन्छ । कसैलाई थाइराइडको मात्रामा कमी हुने हुन्छ भने कसैलाई यसको मात्रा बढी हुन जान्छ । तर कसै कसैको गलगाडमा गीर्खा समेत आउने हुनसन्छ । यसको अवस्था अनुसार उपाचार गर्नुपर्ने हुन्छ । थाइराइड विशेष गरी दुई प्रकारको हुन्छ । थाइराइड ग्रन्थीले शरीरमा आवश्यक भन्दा कम हार्मोन उत्पादन गरेमा त्यसलाई हाइपो थाइरोडिज्म भनिन्छ भने शरीरमा आवश्यक भन्दा बढी हर्मोन उत्पादन हुने अवस्थालाई हाइपर थाइरोडिज्म भनिन्छ । हाइपो थाइरोडिज्म भएमा आलस्य हुनु, कब्जीयत हुनु, छाला सुख्खा हुनु, कपाल झर्नु, महिनावारी गडबड हुनु जसता लक्षण देखा पर्छ भने हाइपर थाइरोडिज्ममा धडकन बढ्नु, हात काम्नु, हाल खुट्टाबाट पसिना आउनु, तौल घट्नु, दिश

चुनाव सकेपछि मनाङवासी यार्र्सा संकलनतिर

Image
निरज अधिकारी १० जेठ, मनाङ । पहिलो चरणको स्थानीय निर्वाचनको माहोल सेलाउँदै नपाउँदै मनाङबासीको चासो यार्सा संकलनतिर बढ्न थालेको छ । मनाङका बासीको मौसमी आर्यस्रोत बन्दै आएको यार्सा संकलनका लागी स्थानीयबासी लेकतिर लाग्न थालेका छन् । मनाङबासीहरु बैशाख मसान्तबाटै यार्सा संकलनमा लागेपनि विचमा स्थानीय निकायको चुनावले केहि समय यार्सा संकलन कार्य रोकिएको थियो । जिल्लाको नार, फु, पिसाङ, खाङ्सार, ङावल लगाएतका उच्च क्षेत्रमा यार्चा टिप्ने मौसम सुरु भएपछि स्थानीयबासी भोट हालेर यार्सा संकलनमा लागेका हुन् । पिसाङको लेकमा बैशाख अन्तिम साताबाटै यार्सा संकलन कार्य प्रारम्भ हुने गरेको पिसाङका होटल व्यवसायी पशुपति अधिकारीले बताए । उनले भने, ‘विचमा स्थानीय चुनावले गर्दा यार्सा संकलन कार्य रोकियो, अहिले संकलन कार्य पुन सुचारु भएको छ ।’ बहुमुल्य जडिबुटी यार्सा टिप्न मनाङबासी मात्र नभई गोरखा, धादिङ, लमजुङ, नुवाकोट लगाएतका जिल्लाबाट समेत नागरिकहरु आफुलाई आवश्यक सामाग्री बोकेर मनाङका लेकतिर उक्लन थालेका छन् । गर्मी मौसमसँगै हिमाली क्षेत्रमा बाक्लो हिउँ पग्लिदै जाने र जमिनबाट झुसिल किरा जस्तै यार्सा उम्

राइनास नगरपालिका वडा नं १ को वडा अध्यक्षमा २८० मत प्राप्त गरी नेपाली काँग्रेसका उम्मेद्वार रमेश न्यौपाने विजयी । हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ।

Image
राइनास नगरपालिका वडा नं १ को वडा अध्यक्षमा २८० मत प्राप्त गरी नेपाली काँग्रेसका उम्मेद्वार रमेश न्यौपाने विजयी । हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ।

दोर्दी एक नम्बरमा कांग्रेसको प्यानल नै विजयी

Image
निरज अधिकारी १ जेठ, बेसीशहर । लमजुङको दोर्दी गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस विजयी भएको छ । सोमबार दिउँसो सम्पन्न मतगणना अनुसार कांग्रेसले वडा नं. १ मा प्यानसहित विजय हासिल गरेको हो । नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार दरजंङ गुरुङले ६ सय ३४ मत प्राप्त गरे । त्यस्तै नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार ओम बहादुर गुरुङले ३ सय ३७ मत प्राप्त गरेका छन् । यस्तै कांग्रेसका महिला सदस्य इन्दिरा गिरी, दलित महिला सदस्य शान्ता विश्वकर्मा र खुल्ला सदस्यमा हरि बहादुर थापा र दिपक अधिकारी सहित प्यानल विजयी भएको छ । उत्त वडाबाट गाउँपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार विच्छ बहादुर गुरुङले ७ सय १९ मत ल्याएका छन् भने एमाले माओवादी गठबन्धनका संयुक्त उम्मेदवार ओम बहादुर गुरुङले २ सय ४८ मत प्राप्त गरेका छन् । जिल्लाका ८ वटै स्थानीय तहमा मतगणना भैरहेको छ । जसमध्ये दुधपोखरीमा नेपाली कांग्रेस, दोर्दीमा नेपाली कांग्रेस, बेसीशहरमा नेपाली कांग्रेस, मध्यनेपालमा नेपाली कांग्रेस, सुन्दरबजारमा नेकपा एमाले, मस्र्याङ्दीमा नेकपा एमाले प्रारम्भिक मतगणनामा अगाडी देखिएको छ । क्होलासोथरमा भने विवा

चुनाव विथोल्न वम विष्फोट

Image
(फाइल फोटो) लमजुङ : लमजुङको राइनस नगरपालिकाको बगुवा डाँडा नजिकै बम पड्किएको छ । शनिबार राति ९ बजेर ८ मिनेट जाँदा राइनस-९ बगुवा डाँडा स्थित देविथान मन्दिर नजिकैको खरबारीमा बम पड्काइएको हो । एक्कासी बम पड्किएपछि मतदानका लागि तयार स्थानीयबासीमा त्रास फैलिएको छ । लमजुङका प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेलले बम पड्किएपछि अनुसन्धान भइरहेको जानकारी दिए । स्थानीयबासीले भने भोलि हुन लागेको निर्वाचन बिथोल्नका लागि बम पड्काइएको हुन सक्ने आशंका गरेका छन् ।चुनावको अघिल्लो रात वम विष्फोट गर्ने माओवादी विप्लप समूह हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

अदुवाले बजार नपाउँदा किसान चिन्तत

Image
लमजुङको पूर्वी भेगमा उत्पादित अदुवाले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । सामूहिक रूपमा अदुवाखेतीमा लागेका पूर्वी लमजुङको राइनास नपा–७ का महारुद्र आमा समूहलाई अदुवाले बजार नपाउँदा समस्या परेको हो । आफूहरूले पहिलो वर्षमै करीब ७ क्विण्टल अदुवा उत्पादन गरेको समूहका अध्यक्ष तीर्थकुमारी हटुवालले बताइन् । ‘तर उत्पादित अदुवाले उचित मूल्य र बजार नपाउँदा समस्या भएको छ,’ उनले भनिन् । ३० जना महिलाको समूहले यस वर्ष २ रोपनी जग्गामा अदुवा लगाएको थियो । सामूहिक रूपमा अदुवा खेती गन जिल्ला कृषि विकास कार्यालयबाट ३७ हजार रुपैयाँ सहयोगसमेत प्राप्त भएको समूहका कोषाध्यक्ष कल्पना भट्टराईले बताइन् । ‘अदुवा राम्रो उत्पादन भएको खुशी त छौं,’ उनले भनिन्, ‘तर बजार अभावले के गर्ने भन्ने चिन्ता भएको छ ।’ अदुवाले राम्रो बजार लिएमा खेती विस्तार गर्ने योजना रहेको जानकारी दिइन् । जिल्लामा यतिबेला अदुवा प्रतिकेजी ५० देखि ७० रुपैयाँसम्ममा विक्री हुँदै आएको छ । आव २०७२/७३ मा २ सय ७० हेक्टर क्षेत्रफलमा २५ सय ६५ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत रामचन्द्र सेढाईले जानकारी दि

३ करोडमा खानेपानी शुद्धीकरण प्लाण्ट निर्माण

लमजुङमा खानेपानी शुद्धीकरणका लागि प्लाण्ट निर्माणकार्य पूरा भएको छ । सुन्दरबजार नगरपालिकाको भोटेओडार क्षेत्रका तीन वडाका बासिन्दालाई शुद्ध पिउने पानी वितरण गर्न करीब ३ करोड रुपैयाँको लागतमा प्लाण्ट निर्माण गरिएको हो । भोटेओडारको कृष्ण बगैंचामा भोटेओडार–तार्दीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सक्रियतामा शुद्धीकरण प्लाण्ट निर्माण गरिएको हो । प्लाण्ट निर्माण गर्न सरकारको २ करोड ९१ लाख ७४ हजार ८ सय र स्थानीय उपभोक्ताबाट २० प्रतिशत अर्थात् ६० लाख रुपैयाँ खर्च जुटाइएको समितिका अध्यक्ष डम्बर अधिकारीले बताए । उनका अनुसार सोही रकमबाट ३२ लाख रुपैयाँ खर्च गरी तीन कोठाको उपभोक्ता समितिको कार्यालय भवनसमेत निर्माण गरिएको छ । उपभोक्ता समितिका नाममा कृष्ण बगैंचामा रहेको ३ रोपनी चार आना जग्गामा ८ आनामा कार्यालय भवन निर्माण र परिसरका लागि खर्चिएको र बाँकी जग्गामा शुद्धीकरण प्लाण्ट निर्माण गरिएको अधिकारीले बताए । ‘प्लाण्टअन्तर्गत सुन्दरबजार नपा–२ को कुँवर गाउँ, कृष्ण बगैंचा क्षेत्र, वडा नं. ३ को भोटेओडार गाउँ र वडा नं. ४ को सिउडीबार, घुमाउने र फूलाबारी क्षेत्रमा सेवा सञ्चालन गरिएको छ,’ उनले भ

लमजुङका एक यूवा बर्ष २८ का बिनोदकुमार गुरुङको कुरिनटारमा माइक्रोबसको ठक्करबाट मृत्यु

Image
माइक्रोबसको ठक्करबाट मृत्यु माइक्रोबसको ठक्करबाट मृत्यु वैशाख 24 । कुरिनटारमा माइक्रोबसको ठक्करबाट आज मोटरसाइकल चालक लमजुङका २८ वर्षीय विनोदकुमार गुरुङको मृत्यु भएको छ । आज बिहान करिब ८ः४५ बजे इच्छाकामना गाउँपालिका–४, कुरिनटार, मनकामना प्रवेशद्वार नजिकै सो दुर्घटनामा अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मुग्लिनबाट काठमाडाँैतर्फ जाँदै गरेको ना १ ज ६४८८ नंको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको बा ८३ प ६४८६ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका विनोदको उपचारका लागि कलेज अफ मेडिकल साइन्सेज भरतपुर ल्याउने क्रममा आज बिहान करिब ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलको पछाडि बस्ने उनकी श्रीमती मनिषा घाइते भएको र उनको अहिले कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । माइक्रोबसका चालकलाई भने नियन्त्रणमा लिइएको छ । रासस