प्रदेश ‘ख’ मा गुरुङ विजयी

मङ्सिर २३, लमजुङ । नेकपा एमालेका सचिव समेत रहेका संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ लमजुङ प्रदेश ‘ख’ बाट प्रदेशसभा सदस्यमा निवाचित भएका छन् । आफना प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस लमजुङका निवर्तमान सभापति कृष्णप्रसाद कोईरालालाई ७ हजार ९ सय ८६ मतको फराकिलो अन्तरले पराजित गर्दै गुरुङ विजयी भएका हुन् । गुरुङले २३ हजार ८८ मत प्राप्त गरे । प्रतिद्वन्द्वी कोईरालाले भने १५ हजार १ सय २ मत पाए । प्रदेश सभा ‘ख’ मा कुल ४० हजार ३ सय ८५ मत खसेको थियो । जसमा ३९ हजार ४ सय ४७ मत सदर भएको छ भने, ८ सय ७८ मत बदर भएको छ । विजयीको औपचारीक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले जानकारी दिए । निर्वाचित भएका गुरुङलाई प्रदेश नं. ४ को भावि मुख्यमन्त्रीको रुपमा पनि हेरिएको छ । गुरुङ पूर्व सँस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री समेत हुन् ।

Comments

Popular posts from this blog

अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::

फ्री भिसा र टिकट लागूको २० महिनामा मलेसिया र खाडीमा ६ लाख नेपाली

सरकारले ल्यायो थप ६ वटा भूकम्प प्रतिरोधी र कम लागतका घरको डिजाइन